ओपनर तथा कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे ।
पाकिस्तान १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको छ । सन् २००७ मा भएको पहिलो टी–२० विश्वकपमा पाकिस्तानी टोली फाइनलमा पुगेको थियो तर जित्न सकेन । पछिल्लो पटक सन् २००९ मा भएको टी–२० विश्वकपको फाइनलमा पुगेर पाकिस्तानले उपाधि जितेकाे थियाे ।
सिड्नी क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा आजम र रिजवानले १०५ रनको उत्कृष्ट साझेदारी गरे । आजमले ४७ बलमा ७ चौकाको मद्धतमा ५२ रनको योगदान गरे भने रिजवान ४३ बलमा ५ चौका प्रहार गर्दै ५७ रन बनाए ।
यस्तै, मोहम्मद हरिसले ३० रन, शान मसूदले ३ रन बनाउँदा इफ्तिखार अहमद शून्य रनमै अविजित रहे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई विकेट र मिचेल सेन्टनरले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट १५२ गुमाउँदै रन बनाएको थियो ।
न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए । जेम्श निसम १२ बलमा १ चौकासहित १६ रनमा अविजित रहे ।
डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |