अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने हेतुसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।
एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको बताएको हो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।
यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नु पर्नेछ । यसका लागि एन्फाले ८० सिट छुट्याएको छ । खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ । यसैगरी एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको हो ।
मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्नेछ । फिफा प्रतिबन्ध फुकुवापछि पाकिस्तान आठ वर्षयता अन्तर्राष्ट्रिय मैदान फर्कन लागेको हो । पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवालले सम्हाल्नेछन् ।
यसअघि नेपालले ११ असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ले विजयी भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |