साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ ।
तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो । अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ । बंगलादेशविरुद्ध नेपाल जित या बराबरले सिधै च्याम्पियन हुनेछ । बंगलादेश भने ‘गर या मर’ को स्थितिमा छ ।
डबल राउन्ड रोबिन पद्धतिमा जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ । सुरुवाती तीनै खेल जितेको नेपाल तालिकामा नौं अंक सहित शीर्षस्थानमा छ । नेपालसँग पराजित बंगलादेश तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । भुटान भने चार खेलबाट कुनै अंक जोड्न नसक्दा पुछारमा रह्यो ।
नेपाललाई च्याम्पियन बन्न बराबर मात्रै काफि हुँदा बंगलादेशलाई भने जितको विकल्प छैन । यदि बंगलादेशले खेल जितेको अवस्थामा अंक बराबर हुनेछ । गोल अन्तरमा नेपाल पछिपर्दा बंगलादेश भने स्वतः च्याम्पियन बन्नेछ । बंगलादेशको सात गोलले माथि रहेको छ ।
भगवती रानामगरको प्रशिक्षणमा रहेका नेपालले पहिलो खेलमा बंगलादेशलाई ७–० अन्तरले पराजित गरेको थियो । दोस्रो र तेस्रो खेलमा नेपालले बंगलादेश र भुटानविरुद्ध संघर्षपूर्ण १–० को जित निकालेको हो । बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गर्दा दोस्रो खेलमा नेपालसँग घरेलु मैदानमा पराजित भएको थियो । भुटानविरुद्ध दोस्रो खेलमा बंगलादेश ९–० ले विजयी भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |