नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको हो ।
योसँगै नेपालले दुई खेलको शृङ्खला क्लिन स्वीप गरेको छ ।
नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयो ।
ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा कप्तान रोहितकुमार पौडेल, अबिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विेकट गुमाउँदै १ सय २३ रन बनायो । नेपालका रोहितकुमार पौडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए ।
ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।
अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।
क्यानडासँग मे २७ अर्थात् पर्सि सोमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ ।
त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।तस्बिर : क्यान
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |