

देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका–६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको याङवरक गाउँपालिका–३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानि बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |