Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

म कुकुर

  • बागमती कलम
  • ११०५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन २७, शनिबार (३ साल अघि)
म कुकुर

शरण रेग्मी
धादिङ,२७ फागुन।
मलाई आजसम्म म कहाँ जन्मिएको हो थाहा छैन नत मेरो जन्मस्थल नै थाहा छ नत बाबुआमा नै । मलाई मात्र थाहा छ कि म पानी परेको बेला एउटा बाँसको गाजमा रोइरहेको थिए ।

त्यो दिन मेरो रुवाई सुनेर होला, एउटा मानिस जस्तो देखिने प्राणी म नजिकै आयो । सायद उक्त व्यक्ति अरु भन्दा फरक थियो । त्यसैले सबैले उसलाई पागल भन्थे । त्यो मलाई आज बल्ल थाहा भयो ।

उक्त व्यक्तिको शरीरभरी लुगा–लुगा, बोटल पनि धेरै झुन्डिएको र हाँसिरहेको देखिन्थ्यो । उसले मलाई च्याप्प समायो । मुसुमुसु हाँस्यो र बाहिर कागजको पोको फालिदियो । मेरो टाउकोमा भएको चोटलाई राम्रोसँग नियालेर खै कुनी के हो दलिदियो ।

मलाई लाग्छ माटोले होला । मलाई भने साह्रै चरम आनन्द आइरहेको थियो । उसले यताउता पल्टायो, खुबै माया ग¥यो । उसको धेरै पत्र नै पत्र भएको लुगाभित्र राख्यो र हिड्यो । म भने जिन्दगीमा पहिलोपल्ट आमाले जस्तै माया गर्ने व्यक्ति भेटिएकोमा आनन्दित भएँ ।

रात छिप्पिदै थियो । पानी घनघोर परिरहेको थियो । उक्त व्यक्तिले मलाई रुखको ओत परेको ठाउँमा राख्यो र हरायो । म भने उक्त व्यक्तिको प्रतिक्षामा रहिरहे । भोक लागिरहेको थियो । टाउँकोमा रहेको चोट झन दुखिरहेको थियो । त्यो रातैभरी म रोहिरहे । कहिल्यै बाबाममि सम्झेर, कहिले पेट दुखेर कहिले त्यो मायालु मान्छे सम्झेर । मेरो आँखामा आँसु थिएन । सबै सिद्धिसकेको थियो ।

भोलिपल्ट त्यही बाटो हुँदै एकजना भलाद्मी मान्छे आयो । कोट पाइन्ट लगाएर हिडेको उक्त व्यक्ति मलाई देखेर जिल्ल प¥यो किनकि म बाटोको छेउको रुखमा ओत लगाएर बसेको थिएँ । उसले मलाई समातेर घरमा लग्यो । घरमा लैजाने क्रममा उसले मलाई धेरै माया दियो । बिस्कुट पनि बाटोमा किनेर खान दियो । मेरो पेटमा मुसा कराउन र चल्न छोड्यो ।

लगभग ४ घण्टा जतिको यात्रापछि मलाई घरैघर भएको ठाउँमा लग्यो घरमा सबैजनालाई आफूले बाटोमा भेट्टाएको हुँदा समाएर ल्याएको कुरा बतायो । घरमा पुग्ने बित्तिकै घर मालिक्नीले मालिकलाई बेस्मारी झपारिन् । भुस्याहा कुकुरको भर हुँदैन । यसले केही जानी टोके भने इन्जेक्सन लगाउनुपर्छ । ‘यिनीहरुको छेउ–छाउ बस्नु भनेको ठूलो दुःख निम्त्याउनु हो ।’ मत दङ्ग परे । मेरा दाँत तिखा भएका भए मालिकनीलाई टोकेर मारिदिन्थे ।

घरमा मालिकका २ छोराहरु रहेछन् । मालिकले २ छोराहरुलाई मलाई जंगलमा लगेर छोडिदिने आदेश दिए । मालिकका दुई छोराहरुले मलाई घाँटीमा समात्दै तुन्दु्रङ पारेर जंगलतीर लगे । करीब १ घण्टा जतिको हिडाइ पश्चात् मलाई बाटो नजिकै छोडिदिए । उनीहरु भने दौडिदै घरतर्फ लागे । घाम एकदम चर्को लागिरहेको थियो ।

म उक्लेर मूल बाटोमा आउने प्रयास गरे तर जति पल्ट प्रयास गर्दा पनि म सफल हुन सकिन, दिन ढल्दै थियो । मलाई भोक लाग्न थाल्यो । नजिकै मानिसको दिशा भेट्टाए। सायद त्यही दुई दाजुभाईले गरेको हुनुपर्छ ।

टन्न दिशा खाएर बसे । रात छिप्पीदै गयो । ज्यादै डर लागिरहेको थियो । दिशा खाएर पेट भोको त थिएन । ती दुई दाजुभाइले आजको रात काट्न सजिलो नै बनाइदिए । रातभरी नानाथरीका कुरा सोच्दै म रोइरहे ।

बिहान भयो । बसेको नजिकैतीर घस्याङ घुसुङको आवाज आयो । मेरो सातोपुत्लो गयो । एउटा घाँसीले राम्रो गीत गाएको आवाज सुनेपछि अलि रमाइलो लाग्यो । गीत जता बजेको हो त्यतै विस्तारै गुल्टिदै गुल्टिदै गएँ । पाइला सार्न त जान्दैनथे त्यो जंगलमा कसैलाई पनि देखिन भने त्यही पहिलाको मालिकको घरतर्फ जान्छु भन्ने सोचिरहेको थिएँ ।

बाटो त थाहा थिएन तैपनि गएपछि कुनै गाउँमा पुगिन्छ कि भन्ने सोच आयो । त्यो घाँसी त अर्को पट्टि पो गएछ । जंगलमा तलतीर हेर्दा केही घरहरु देखे । सकिनसकि घर्सदै म रातको अध्यारी रातमा एउटा गाउँमा प्रवेश गरे । रात झनै छिप्पिदै थियो । एउटा ठूलो घरमा गेटभित्रबाट छिरे । ठूलो घरमा पसेपछि पक्का पनि खाना खान पाउँछु र बस्न पाउँछु भन्ने सोचाइ आयो । त्यसैले मैले सबैभन्दा ठूलो घर रोजेको थिएँ ।

ठूलो घरको आगन पनि ठूलै थियो । घरको वरिपरि फलफूलका बोटहरु धेरै रहेछन् । आँगन अगाडी एउटा फूलबारी पनि रहेछ । कति राम्रो घर ! कति राम्रो बगैँचा कति राम्रो फूलबारी! म राती पिढीमा रहेको खाटमुनी सुटुक्क पसेर बसे ।

भोलिपल्ट त्यो घरको महिला बिहान चाँडै नै उठी र पिढी सफा गर्न थालिन । म धेरैदिनको निन्द्राबाट आक्रान्त थिएँ । बिहानपख निन्द्रामा परिरहेको बेला मेरो खाटा बसेको घाउमा दाउराको झटारो बज्रियो । म कुइअ……….. गर्दै त्यही बस्न खोजे । उनीले हसियाँ, ढुङुगा, करौती सबै वस्तुहरु प्रयोग गरेर मलाई मार्न खोजिन् ।

यत्तिकैमा बुढो मानिस निस्किए र भने “भो–भो छोड्देउ” कहाँबाट आएछ नि यो साँढे ?”
पिंढीमा रगताम्मै भयो । सोचे अब त मलाई बस्न दिन्छन् होला । केही समयपछि एउटा केटा बाहिर निस्कियो । उसले पिढींमा गहिरोसँग हे¥यो र भन्यो । “यस्तोलाई पनि किन बस्न दिएको होला ।” मैले भनेको त होनी ! बाले छोड्देउ भन्नुभयो ।

अघि मलाई दाउराको चिरपटले हान्ने महिला बोलिन्, मलाई लाग्यो । मलाई माया गर्ने बुढाबा हुनुहुँदो रहेछ र ती दुई छोरा बुहारीहरु अब मेरो कारण घरमा झगडा पर्ने भयो । अघिको केटाले मलाई सावेल लगाएर घरभन्दा पर बाटोमा पछारिदियो । मेरो शरिर पुरै थिलथिलो भएको थियो। म फेरी पनि त्यही घरैमा आएँ ।

मेरो विचार त्यो बुढोबा भएको ठाउँमा बस्ने थियो । म पुगेको केही समयपछि बुढोबा पनि घरमा आइपुग्नु भयो । मलाई मुसार्नु भयो र कसरी घाउँ भएको सोध्नुभयो । म भने कुइ–कुइ गर्दै बुढोको काखमा जान आट्दै थिए । मेरो पनि गल्ति थियो कि के हो ? मलाई बुढोले काखमा बस्न दिएन तर घरमा बस्न दिन सबै परिवारका सदस्यहरुलाई भन्नुभयो ।

बुढोबाको काम खासै थिएन । घरमा बा एक्लै हुनुहुदो रहेछ । कामै गर्न पनि जानुहुदैनथ्यो । पछि गाउँको एकजना मानिससँग कुरा गर्दा पो थाहा पाँए बुढाबा त बिट्रिसको लाहुरे रैछन् । त्यो गाउँको मान्छेले लान्छु भन्दा पनि त्यो बुढाबाले दिनुभएन । मलाई साह्रै रमाइलो लाग्यो । अब त बस्न र खान पाइने भयो भन्दै मेरो त खुसीको सिमा नै रहेन ।

बुढाबाको छोराले एकदिन ल्यापटप चलाएर धेरैजनासँग कुरा गर्दै थिए । तलब दुईतीन दिनमा दिने कुरो पो ग¥यो त । मैले एकदिन बुढाबा मात्र घरमा भएको बेला केटाको कोठामा पसेको थिएँ ।

भुईमा धेरै नै छापहरु, कागजहरु देखेर अड्कल काटे “बुढाको छोरा त प्रधानाध्यापक होला।”

एक दिनको कुरा हो । मेरो घाउ पनि ठीक भइसकेको थियो । गाउँका केटाकेटीहरु आएर मलाई निमोठ्न चलाउन थाले । कसैले हात दे भन्ने, कसैले मसँग दौडी भन्ने, के….के…..के….के । एउटा आबरा जस्तो देखिने केटाले मैले हात दिइन रे भनेर आँखामा हान्यो । मैले एकपटक कतिजनालाई मेरो हात दिने ? मलाई अति रिस उठ्यो र टोकिदिए । त्यसपछि त्यो मालिक बाले (बुढाबा) मलाई मुखमा हिर्काउनुभयो र गाउँका एकजना केटालाई पठाइदिनु भयो ।

त्यो नयाँघरमा सुरुमा त राम्रैसँग राखेका थिए । सबै परिवारका सदस्यहरुले खाना खाएपछि मात्र मलाई खाना दिन्थे मलाई बाहिर एउटा फलामको साङलोले बाँधे । उनीहरु भित्र खाना खान्थे । म भने बाहिर कुइ–कुइ गरिरहन्थे । त्यो घरमा सानो एउटा केटाले चाही माया ग¥थ्यो तर अरुले त्यति वास्ता गर्दैनथे । मलाई त्यस दिन बेलुका एउटा कोठामा नबाधिकन छोडिदिए ।

अध्यारो रातमा मलाई डरलाग्यो । भोक लाग्यो । त्यसैले कराएँ । कराउनुको कारण मेरो विरोध थियो । मलाई पनि उनीहरुसँगै राखेको भए हुन्थ्यो । मैले सँगै राख भनेको हो कराएर । तर मानिसले कहाँ बुझ्दोरहेछ । भोलिपल्ट त्यो घरको जेठो छोरोले मलाई घाँटीमा निमोठेर आँगनबाट फालिदियो । म फेरी निरिह बन्दै आँगनमा आएँ ।

अर्को एक बृद्धाले मलाई पुनःफ्याकिदिए । त्यो विद्यार्थी केटोले पनि सबै जनालाई दुःख दिने सुत्न नदिने भन्दै नजिकैको रुखमा लगेर मेरो टाउँको ठोक्काइदियो । मैले तिरीमिरी, केही देखिन । मैले केही गर्न सक्दैनथे । लुरुलुरु बाटोमा हिड्दै थिए । एक्कासी असिना पानी प¥यो । म दौडिदै नजिकैको घरमा गएँ । मलाई अहिले त त्यो घरमा कुट्नसम्म कुटे ।

बाटोमा हिडिरहँदा मैले टोमको परिवारलाई देखे । उनीहरुको परिवारमा ७ जना थिएरे अहिले तीनजना मात्र रहेछन् । लक्की रियो, शेरु, लाइरालाई जन्मिएके दिनमै निर्दयी मान्छेले बोरामा पोका पारी फालिदिएको कथा लाइकाले सुनाइन ।

त्यसदिन देखि म मानवरुपी दानवको घरमा कहिल्यै नबस्ने निर्णयमा पुगे । भगवानसँग प्राथना गरे । “जबसम्म पृथ्वीमा मानिस रहन्छ, तब सम्म हामी कुकुरलाई सृष्टी नगर्नु ।” म दिनभरी लाइकाको परिवारसँगै हिड्ने र रमाउने गर्न थाले र बेलुका जहाँ पुगिन्छ त्यही बस्ने निर्णय ग¥यो । साथै मानिस सुतेपछि घरमा जाने र आराम गर्ने अनि उनीहरु उठ्नुभन्दा अगावै घरबाहिर निस्कने गर्न थाल्यौँ ।

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%१%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution