Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ४, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

७ घण्टा अघि
२

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

९ घण्टा अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

९ घण्टा अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

१ दिन अघि
६

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

३ दिन अघि
७

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

३ दिन अघि
८

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

३ दिन अघि
९

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

३ दिन अघि
१०

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

३ दिन अघि
११

किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण

४ दिन अघि
१२

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

५ दिन अघि

धेरै पढिएका

१

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

४ हफ्ता अघि
२

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
३

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ महिना अघि
६

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१ हफ्ता अघि
७

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

४ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
१०

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

९ घण्टा अघि
११

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

२ हफ्ता अघि
१२

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

४ हफ्ता अघि

वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • बागमती कलम
  • २७५ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ माघ ११, आईतबार (५ महिना अघि)
वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

-केशव प्रसाद रुपाखेती

राजनीति गर्नुलाई जागिर खानु भनिदैन,यो कर्ताको अन्तस्करणबाट उत्पन्न हुने राष्ट्र,राष्ट्रियता र जनता प्रतिको सेवाभाव हो । यसको अर्थ राजनीति पेसा नभई सेवा हो भने राजनीति कर्मी व्यवसायी नभई सेवक हुन् ।

नेपालमा राजनीतिक दलको स्थापनाको इतिहासलाई फर्केर हेर्दा निरङ्कुश जहानिया राणा शासनको विरुद्ध सङ्घर्ष गर्ने र प्रजातन्त्र स्थापना गर्ने हो ।

यो नितान्त राष्ट्र र जनता प्रतिको समर्पण र सेवाभाव थियो । संवत् १९९३ जेठ २० मा विधिवत रुपमा स्थापना भई राणा शासन विरुद्ध जनआवाज बुलन्द गर्ने पहिलो राजनीतिक सङ्गठन प्रजापरिषदलाई हुर्कन नपाइ हत्या गर्ने प्रयास गरियो र घाइते अवस्थामा १५ सालको निर्वाचन सम्म बाँच्न सफल भयो । त्यसपछी यसको नाम नै मेटिन पुगेको इतिहास छ ।

राणा शासन विरुद्ध आन्दोलन गर्ने उद्देश्यले २००४ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको नाममा स्थापना भई २००६मा काङ्ग्रेसमा रुपान्तरित दल होस या २००६ मै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी होस् यी दुवैको उद्देश्य राष्ट्र र जनताको सेवामा नै समर्पित रहेको थियो । यीनकै सक्रियतामा २००७को क्रान्ति सफल भयो र फल स्वरुप राणा शासनको अन्त्य भयो ।

देश र जनताले मुक्ति पाए । यसले राष्ट्रको रक्षा र जनताको सुरक्षा गर्ने संस्था राजनीतिक दल हो भन्ने पुष्टि ग¥यो । जब यी राजनीतिक दलमा स्वार्थ र राजनीतिलाई पेसा बनाउने समुह र प्रवृत्तिको प्रवेश र विकास भयो यसको गोलचक्करमा देश फस्यो।

सुगौली सन्धिबाट सुरुभएको वैदेशिक हस्तक्षेपले मौलाउने अवसर पायो, पद र शक्तिको लागि राष्ट्रिय हित विपरितका सम्झौता र सन्धिहरु भए ।

जनतामा निराशा, दिक्दारी र आक्रोश बढ्न गयो । राजनीतिक दलका नेताहरुको अकर्मण्यता तथा व्यक्तिवादी प्रवृत्तिले जनतामा सिर्जना भएको निराशालाई भ¥याङ बनाएर महेन्द्र राजाले १७ सालमा दल विहिन पञ्चायती शासन सुरुवात गरे ।

यदि राजनीतिक दलका नेतृत्वमा पदलोलुपता र निरङ्कुशवादी प्रवृत्ति विकास नभएको थियो भने तत्कालिन समयमा दलिय राजनितीमा समस्या पक्कै आउने थिएन ।

४६ को परिवर्तन पछि जनताले दलहरुलाई ठूलो विस्वास गरी सत्ताको मालिक हुने जनादेश दिए तर दलका नेतामा विकास भएको निरङ्कुश र व्यक्तिवदी प्रवृत्ति र स्वार्थ प्रेरित निर्णय, यी समयमा सत्तामा पुगेका दल र सत्ता रसस्वाद लिएका यिनका नेतृत्वको निरङ्कुशता र व्यक्तिवादले देशमा नराम्रो राजनीतिक विकृति उत्पन्न भयो ।

यसको परिणाम स्वरुप माओवादी जनयुद्धले जन्म लिई हुर्कने अवसर पायो र उक्त सङ्घर्षको आडमा लामो बिरासत बोकेको राजतन्त्रको अवसान हुन पुग्यो । यसैलाई ठूलो राजनीतिक उपलब्धिको रुपमा व्याख्या गरेर तिनै दलका नेतृत्वले जनतामा भ्रम छरेर आफू सत्ता र नेतृत्वमा पुग्ने काम गरिरहे ।

दलका हरेक आन्दोलनमा साथ दिएका जनताको लागि भने राजनीतिक दलले ऋण, वेरोजगारी,गरिवी, असुरक्षा र अभावको चाङ मात्र दिए । जनताले यी सबै क्रियाकलापलाई नजिकबाट नहेरेका होइनन् ।

दलहरु सुध्रने आशा र लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र मात्रै हो भन्ने विस्वासका साथ जनताले दललाई साथ दिइरहे तर दलले जनतालाई पटक पटक धोका दिए ।

राजनीतिक नेतृत्वले पद र पार्टी आफ्नो पैत्रिक सम्पत्ति झैं गरी आफ्ना वरिपरि घुम्ने गणेश प्रवृत्तिका सिमित द्ववारे,हुक्के र सुसारेहरुलाई उत्तराधिकारी बनाउँदै गए ।

परिणाम स्वरुप सार्वजनिक सेवामा चरम वेथिती उत्पन्न भयो, जनताका काममा ढिलासुस्ती बढ्न गयो, वैदेशिक ऋणले अर्थतन्त्र थिलथिलो भयो, चरम गरिबी र वेरोजगारी बढ्न पुग्यो, संवैधानिक नियुक्तिमा तिनै भ्रष्ट नेतृत्वका सुसारे र द्वारे अनि हुक्केहरुले प्रवेश पाउन थाले, एक किसिमले भन्दा देश पुरै दलाल, तस्कर,बिचौलिया, घुसखोर जस्ता अपराधीहरुको इशारामा मात्र चल्ने भयो । बुढापाकाले भन्ने गरे जस्तो सरकारमा बस्नेका आसेपासेलाई चैन र विपक्षी अनि सर्वसाधारणलाई ऐन भन्ने भनाई पुष्टि भयो।

जनतामा बढेको चरम निराशा र आक्रोशले सिमा नाघीसकेको थियो, नव युवा जसलाई राजनीति भन्ने शब्द प्रति घृणा उत्पन्न भईसकेको थियो ।

उनीहरुको मनस्थितिमा राजनीति भनेको भ्रष्टाचारको रुप हो, नेता भनेका भ्रष्टचारी र अपराधिका अनुहार हुन्, हाम्रो पुस्ताको लागि वर्तमान राजनीतिक दल र तिनका नेता अभिषाप हुन भन्ने बुझाई विकास हुन पुग्यो ।

हाल भएको जेन-जेड पुस्ताको आन्दोलन न त कुनै दल विशेषको विरुध्द थियो न कुनै व्यक्ति विशेष विरुध्द नै । यो केवल राजनीति र लोकतन्त्रका नाममा भएको लुट, तस्करी, घुसखोरी, नातावाद, कृपावाद, अनियमितता, वेरोजगारी, नितीगत भ्रष्टाचार, गरिबी, अन्याय, अत्याचार र थिचोमिचोको विरुध्द र यसको अन्त्यको लागि थियो ।

राजनीतक नेतृत्वको यो आन्दोलनलाई हेर्ने सङ्किर्ण र निच सोच तथा सर्वसत्तावादी प्रवृत्तिको कारण राष्ट्रले जे क्षति भोग्नु प¥यो यसको सायदै कल्पना गरिएको थियो ।

यसले इतिहासकै ठूलो धनजनको क्षति भयो भने वर्तमान राजनीतिक नेतृत्वलाई एकपटक ठण्डा दिमागले एकान्तमा बसेर सोच्न बाध्य समेत बनायो । अब राजनीतिक बजारमा एउटा जल्दोबल्दो बहस सुरु भएको छ ूराजनीतिक पुस्तान्तरणू यो शब्द सबैले एक साथ प्रयोग गर्दै आएका छन् ।

अझ दलिय राजनीतिमा लागेर नेतृत्व प्राप्तिको सपना देखेका तर वर्तमान नेतृत्को चित्त बुझ्नेगरी पाउ मल्न नसकेकाहरुको स्वर झन चर्को सुनिन थालको छ ।

के हालको निकास राजनीतिक पुस्तान्तरण मात्र हो रु कदापी होइन १ किन भने विद्यमान नेतृत्व शैली, चाकडी र चाप्लुसी प्रथाबाट विकसित नयाँ पुस्ता र अभ्यास अनि यसैको सेरोफेरोमा हुर्किएको राजनीतिक संस्कारका बिच पुस्तान्तरण त केवल दिवा सपना मात्र हुनेछ ।

राजनीतिमा सुधार ल्याउने हो भने राजनीतिक दलमा रहेका सङ्किण सोच, निरङ्कुश नेतृत्व शैली, चाकडी प्रथा, दास मनोवृत्ति, टिके प्रथा, पैसाले पद खरिद गर्ने प्रचलन, फरक बिचार र मतलाई निषेध गर्ने प्रवृत्ति,परिवारवाद आदि विरुध्द निर्ममतापुर्वक प्रहार गर्नु अनिवार्य हुन्छ ।

यो भनेको रुपान्तरण हो र यसले मात्र शुद्धिकरण हुन्छ । यदि दल र यसका नेतृत्वले रुपान्तरण स्विकार गरी आत्मसात् गर्न सके मात्रै विकृत राजनीतिलाई सहि मार्गमा लयाउन सकिन्छ ।

विश्व राजनीतिको विगत देखि वर्तमान सम्मको प्रवृत्तिलाई हेर्ने हो भने राष्ट्र र जनता प्रति जिम्मेवार, निष्कपट, निष्कलङ्क र इमानदार नेतृत्वले नै देशको हित गरेको तथ्य रहेको छ र उमेरको कुनै प्रभाव रहेको देखिदैन ।

तसर्थ नेपालको विकृत राजनीतिलाई सहि मार्गमा ल्याउनको लागि परिक्षण भईसकेका विकृत नेतृत्वको वहिर्गमन अनिवार्य त छ नै यतिले मात्र पुग्दैन १ यसको लागि बाँकीहरुको पनि रुपान्तरण तथा आवश्यकता अनुसार पुस्तान्तरण अनिवार्य छ । जसले आजका नव युवाले कल्पना गरेको राजनीतिक संस्कार र प्रणालिको विकास भई सुसंस्कृत राजनीतिको विकास हुन सक्छ।

आजको आवश्यकता भनेको केवल पुस्तान्तरण मात्र होइन, अनिवार्य रुपान्तरण सहित आवश्यकता अनुसार पुस्तान्तर हो । वृद्ध उमेरले सुशासनलाई रोकेको इतिहाँस कहीँ कतै छैन् ।

हाम्रो समस्या भनेको पद ओगटी काम केही नगर्ने प्रवृत्ति र नितिगत भ्रष्टाचार हो । आफू पदमा हुँदा गरेको त्यही काम आफू पदमुक्त हुँदा अर्कोले गरेमा बेठीक देख्ने दरिद्र सोच र मानसिकता मुख्य समस्या हो ।

सत्तामा रहन पाइयो भने पहिले गरेका अपराध ढाकछोप गर्न पाइन्छ भनेर सर्वसत्तावदी हुने दुषित मानसिकता मुख्य समस्या हो। व्यक्तिको अनुकुलताको लागि पार्टिको विधान परिवर्तन गर्नु र देशको कानुन परिवर्तन गर्नु अपराधिक मानसिकताको उपज हो ।

यी सबै प्रवृत्तिको समुल नष्ट गर्नु रूपान्तरण हो ।

यो प्रवृतिलाई आत्मसात गरेर तिनै भ्रष्ट नेतृत्वको दौराको फेर समाएर पद, राजनीति र सत्ताको वैतरणी तर्न उद्धत कथित नव जवानलाई हुने पुस्तान्तरणले वर्तमान नवयुवाको माग अनुसारको सुशासन पाउन कदापी सकिदैन ।

यसको लागी त शुद्धिकरणको आवश्यकता मुख्य हो । रुपान्तरणको आवश्यकता मुख्य हो । रूपान्तरणले दुषित पक्षको नष्ट गरि सकारात्मकता वृद्धि गर्न मद्दत गर्दछ ।

तसर्थ हाम्रो आजको आवश्यकता भनेको परिक्षण भएका भ्रष्ट नेतृत्वको बहिर्गमन सहित रुपान्तरण हो नकि पुस्तान्तरण ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • 2

    कम्पनी सचिब आवश्यकता की बाध्यता

  • समाचार
  • १

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ७ घण्टा अघि

  • २

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ९ घण्टा अघि

  • ३

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ९ घण्टा अघि

  • ४

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    १ दिन अघि

  • ५

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    १ दिन अघि

  • ६

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ३ दिन अघि

  • ७

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ३ दिन अघि

  • ८

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ३ दिन अघि

  • ९

    देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी
    ३ दिन अघि

  • १०

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution