Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

४ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

४ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

६ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

आकाशका जुनतारा हाम्रो प्रेमका जन्ती हुन्

  • बागमती कलम
  • ५४७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार (१ साल अघि)
आकाशका जुनतारा हाम्रो प्रेमका जन्ती हुन्

बाबुराम श्रेष्ठ
धादिङ ।
प्राण भन्दा मेरी प्यारी माया …. प्रदेशी मायाको अभिवादन !

प्रदेशको त्यो ठाउँ, अनि त्यो परिवेश अनि मायाका सम्झनाहरू र तिम्रो याद मै दिन बिताई रहेको छु । तिमी बिनाको यो साँझको स्तब्ध समय । समयले तिमीलाई नै कुरिरहेको छ ।

खै सुरुवाती नि कहाँबाट गरौँ ! लेख्ने केही शब्दहरू नै छैन । जब केही शब्दहरू लेख्न खोज्छु अनि मन भक्कानिएर आउँछ । माया यतिखेर म अनवरत आकाशसँग रमाई रहेको छु ।

आकाशबाट पानी पर्दा म रोक्न खोज्छु , घाम लाग्दा म पानी बर्साउन खोज्छु, तर सक्दिनँ माया । जब रात पर्दै जाँदा गगनमा अनगिन्ती तारा चम्किन थाल्छन् ।

तिमी लुकेर मलाई खोज्दै आउँदा जसरी आकाश नियालिरहेको देख्थ्यौ नि, ठिक त्यस्तै । जब तिम्रो र मेरो मायाका यात्रा शुरु भयो त्यो दिन देखि नै खुसीको सिमा नै रहेन । छोटो समयमा नै हामी कति नजिक भयौ ।

हामी एकअर्का बिना बाच्ने नसक्ने भयौ । जब हाम्रो माया बस्यो तब मेरा मनले धेरै कुरा सोच्न थाल्यो । माया, हो साँच्चै यसरी नै दिनहरू बित्दै गयो ।

माया पनि झन गाढा हुँदै गयो । एक दिनको कुरा हो । उ घर जान लागेको थियो । म घरमा बसि रहेको थिए । अचानक मेरो मोबाइलमा घण्टी बज्यो । मोबाइल हेरे कल थियो मायाको नै ।

कल उठाएको मात्र के थिए । एक्कासि रुन थालिन । काले म तपाईलाई माया गर्छु , म घर जान लागेको भन्दै रुन थालिन । मैले भने माया गर्छु भन्नलाई नि रुनु पर्छ किन रोएको ।

नरोऊ भनेर सम्झाए तर उ मानिन रुदै घर गाइन । मैले पनि घर नपुग्दा सम्म कल मै बोली रहे । उ घर पुग्न करिब २/३ घण्टाको पैदल बाटो हिड्ने पर्ने थियो । जब घर पुगेसी मात्र कल काटे ।

रातभरि निदाउन सकिन । उसकै याद मात्र आयो । भोलि पल्ट उसलाई कुरेर बसे । भेट भयो एकछिन उ नबोली बसिन । मैले बोलाए किन ढिलो आएको,आउँदा आउँदै यस्तै भयो भनिन् । हाम्रो यात्रा अगाडि बढ्यो । मायाका कुरासँग गन्तव्यमा पुगियो ।

भनिन्छ नि लुकिछिपी गरिएको प्रेममा कति धेरै आनन्द !

कहिले म चाल मारेर तिमीलाई भेट्न आउने । कहिले तिमी चाल मारेर मलाई । बिडम्बना यति मात्र हो कि जहाँ भेट्न गयो त्यही तिमी रुदा , मलाई पनि रुन मन लाग्थ्यो तर मैले मन समालेर बस्ने गर्थे ।

किन कि तिमी संगै म पनि रोए भने के हुन्छ । मन नमानी नमानी तिमीलाई अंगालोमा बेरेर मन बुझाउन बहेक केही सक्दिनथे ।

लुकिछुपी लगाएको र चोरीचोरी प्रेम गर्नुको रमाइलो सम्झिएर एक्लै हाँस्थे। तिमीलाई वरिपरि खोज्छु अनि एक्लै बरबराउन अभ्यस्त हुन्थे। जसलाई म आफुभन्दा ज्यादा माया गर्थे ।

यसरी नै दिनहरू बित्दै गयो । तिम्रो अमूर्त स्वरूपको परिकल्पनामा म विलिन भएँ । आँखाले भ्याएसम्म ताराहरू गन्ने प्रयास गरेँ। तिमीले मलाई जूनसँग तुलना गरेको झलझली देखेर पुलकित भएँ र माथितिरै हेर्दै निकैबेरसम्म कुरा गरिरहेँ । हेर्दाहेर्दै जून बिलायो । एकछिन देखिन्छ कि भनेर कुरेँ, नदेखिएपछि यो पत्र लेख्न थालेँ ।

आहा ! तिमीलाई सोच्दै लेख्नुको आनन्द । मानौं, तिमी चुपचाप मेरो कुरा सुनिरहेका छौ, म त्यसैगरी अक्षर र भावनामा आफूलाई घोलेर बोलिरहेको छु । तिमी मेरो निकटतम भएर घुम्दै कानमा फुसफुसाइरहेझैं लाग्छ ।

आहा ! प्रेमको मधुरीमा नै यही हो सायद देह टाढा भए पनि आत्माले भलाकुसारी गर्दै स्नेहको साटफेर गरिरहनु । असल साथीमाथि कुशल प्रभुत्व जमाइरहनु ।

प्रेमका अनेकन कोणको प्रादुर्भाव गरिरहनु । मेरो प्रेम परागसेचन ! तिमी मेरो फूलदानी हौ । म जतनसाथ तिमीलाई फुलाउँछु । अनि ओइलाउन नदिन प्रेम खन्याइरहन्छु । मानौं तिमी दियो र म बत्ती ! बाल्नका लागि प्रेमकै तेल हालिरहनुपर्छ ।

हरेक दिनपछि आउने यो साँझ र गाढिँदै जाने अँध्यारो । जति रात बढ्दै जान्छ, त्यति तिमी उज्यालिन्छौ । रुमानी सोचले सम्मोहनको पराकाष्ठा पार गर्छ ।

श्वासप्रश्वासको उठबस, ढुकढुकीको धकधक, तिम्रो सानिध्यको कल्पना, मेरो अनन्य निनाद । यो चौबीस घन्टाको समय तिमीलाई याद गर्नका लागि एक पलजस्तो मात्र लाग्छ ।

यी सपनाजस्ता लाग्ने दिनहरू यसैगरी बित्दैबित्दै गइरहन्छन् । आँखा बन्द गरेपछि भित्री दृष्टि खुल्छन् । मेरो मनमा जमेको प्रगाढ मायालुपनले मलाई प्रभावित बनाउँछ ।

मेरो हृदय क्यानभास हो त्यसभित्र तिम्रो जीवन्त आकृति सजिएको छ । जसलाई नियाल्दानियाल्दै यथार्थको धरातलबाट चिप्लिन्छु। म पुनश्चः हाम्रो जुनतारा वार्ता सम्झिन्छु ।

प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हे¥यौ । हामी लामो समयसम्म मौन भएर ती तारामा हरायौं ।

तिमी गम्भीरतापूर्वक मेरो लामो र नरम कपाल सम्याउँदै बोल्यौ, ‘यी आकाशका जुनतारा हाम्रो प्रेमका जन्ती हुन् । हाम्रो विश्वसनीयताको साक्षी । यी ताराको रमझम, यी सिताराको चमचम तिम्रै नाममा औंठाछाप गरिदिन्छु । तिमीले मलाई ढकमक्क बनायौ । आफू पनि धपक्क बल्यौ ।

ए मृगनयनी ! तिमीलाई हेर्न पाउँदा यी आँखा कहिल्यै थाक्दैनन् ।’ त्यो प्रेमाकुल परिस्थितिमा मैले पनि तिम्रो फाहाझैं केशरासी सुमसुम्याए । प्रेमको गुणस्तर वृद्धि गर्ने तत्वमध्ये सुन्दर कपाल पनि मुख्य बुँदामा पर्दो रहेछ ।

हामी अत्यधिक सद्भाव सहन नसकेर आहत भएथ्यौं । भावुकताको सर्वेसर्वा थियो र अलौकिकताको रगरगी ! तिम्रो बाहुपाशमा म अनि म भित्र तिमी । त्यो हाम्रो नैसर्गिक मिलनको चमत्कारिक मोडमा मस्तिष्क डुल्दा बहकिन थाल्छु । ‘किनभने हामी प्रेममा छौं । तिमी मेरो मार्गचिह्न हौ ।

प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हे¥यौ । तिम्रो वाक्यले म झुम्मिएँ– प्रेमका जन्ती ! कति मिठो शब्द संयोजन !

म सोच्दै छु, हामी फूलको रथ चढेर आकाशगङ्गामा यात्रा गरिरहेका छौं । जूनले ताराहरूको नेतृत्व गरिरहेका छन् ।

अनि हाम्रो वरिपरि पिलपिल गर्दै लावालस्कर लागेका छन्। यही हो प्रेममा पर्नुको नमुना र निष्कपटता। कल्पनाको स्वैरकाल्पनिक उडान ।

त्यतिबेलासम्म हाम्रा औंला मृगतृष्णाधारी भएका थिए । अविच्छिन्न रूपमा तिम्रा र मेरा मुलायम कपालका रेसारेसामा डुलिरहेथे । तिमीतिर हेर्दा नजरभरि प्रेमको व्याकरण देखिन्थ्यो ।

मलाई कण्ठ पार्न मन लाग्थ्यो । मैले बल्ल बुझेथेँ कि प्रेमको भाषा आँखाले बोल्दो रहेछ लेख्दो रहेछ । आँखाले आँखालाई गुरु बनाएर पढ्न सकिने । जब तिमिले बाटो मोड्यो भन्ने कुरा सुने ।

म पागल भए । म रोए कराए । आखिर कसले सुन्छ म रोएको । सुन्यो तक उ कसको हातबाट सिउदो भरियो भनेर । माया, चोखो मायाको सजाय यतिसम्म दिएर गयौ । बरु मलाई मारेको भए बेश हुने थियो होला तर मायाको सजाय किन यति ठुलो । यदि तिमीलाई मेरो मायामा के नै कमि थियो, भने किन पहिले नै भन्न सकेनौ ।

तिमिले मेरो माया बुज्यौ ? तिमी अरुको साथमा रमायौ खुसी भयौ होइन ? आज तिमीलाई मायाको यति प्रश्न गर्छु । मायामा न धनी न गरिब। होला मैले तिमीलाई सुनको दरबारमा राख्न सकिन होला तर मनको दरबारमा राखेको थिए नि । बिगतका कुराहरु सम्झेर म फेरि रुन चाहान्न ।

मायाको पीडा मैले भोगी सकेको छु । आखिर के फरक पाए र बिगत, बर्तमान र भबिष्यको । जहाँ गएर लगाएनी माया त आखिर माया नै हो नि होइन र माया । दुख सुखमा साथ दिनु मेरो माया हो या सहयोग त्यो मेरो कुरा हो ।

तर आज पनि म खुसी छु । जब तिमीले मेरो अतिरञ्जित संवेदनशीलता बुझ्यौ तब आफ्ना सुन्दर दन्तलहर आधा खोलेर मुस्कुरायौ। अहिले यो पत्रमा पनि तिमी त्यसैगरी मुस्कुराएको अनुभव गरेँ । तिम्रो मुस्कान घागडान स्वर्णपदक बन्यो मेरो लागि । कति दामी ! धागोमा पोते सारेझैं आफ्नै ओठमा अन्माइदिऊँ जस्तो ।

तिम्रो उपस्थितिमा बिताएका अमूल्य मिलनको पल कति यादगार है । प्रेमविभोर भएर छताछुल्ल पोखिएको छ आत्माभित्रको उहापोह । समेटेर प्रेमाकार प्रदान गर्नका लागि तिम्रो प्रतीक्षामा छु म ।

टाढा हुँदा पो थाहा हुन्छ, एकतर्फी प्रेमले मर्माहत हुनुको पीडा । साथमा सम्झनामा हराउनुको घाइते शान्ति । छिनोको चोट पाएको ढुङ्गा नै मूर्तिमा परिणत हुन्छ र पुजनीय बन्छ ।

ए कालिगड ! मलाई तिमीले प्रदान गरेको आघातसँग जुध्न मन लागेको छ । तिमीसँगै प्रेमको रणभूमिमा युद्ध गर्ने महत्वाकाङ्क्षा छ। स्मृतिले चारतिरबाट घेरा हालेपछि फुत्किनको लागि मेरो कुनै उपाय चल्दैन् ।

‘प्रेमले मलाई कल्पनाको गहिराइमा डुबाइदियो । जीवनमा परिवर्तनको रङ्गिन गलैंचा बिछ्याइदियो । आऊ तिमी र म सँगसँगै बुट्टा भरौं । मैले जिन्दगीमा शिलबन्दी गरे तिमीलाई । मैले संवेगानुभूतिमा हदबन्दी गरे तिमीलाई ।’ त्यतिबेला तिमीलाई छन्दात्मक वाणीमा विनम्र आह्वान गरेँ ।

अनुरागको महासागरमा भावुकताको जहाज चढेर हामी रागैरागको दुनियाँमा सवार भएका थियौं । तिम्रो यादले अश्रुवर्षा हुँदा हृदयको किनारा भिज्छ ।

कल्पना र यथार्थको धरातल डगमगाउँछ । विपना र सपनाले चाकाचुली खेल्छन् । अनि म तिमीमा समाविष्ट हुदै तरङ्गित भइरहन्छु । मेरो मानसिकता प्रेमको हर्ष विस्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछ ।

यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको ताप चाहिएको छ । मेरो वरदान ! तिमी कहिले बुझ्छौ, प्रेम शाश्वत छ, महान् छ भन्ने कुरा ? यत्रो दुरीले त पक्कै यसको शक्ति बुझ्यौ होला ।

प्रेममा एक-अर्काको अनुपस्थितिले स्मृतिलाई अझ प्रगाढ बनाउँछ र माया आफ्नो लक्ष्यमा पुग्छ । मेरो महामहिम ! तिमी जीवनकै सर्वश्रेष्ठ अनुभव हौ ।

दिउँसो, राति, भोक, तिर्खा, निद्रा मलाई छुट्याउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । शब्दको अर्थ कसरी खुल्छ भन्ने कुरा म बल्ल बुझ्दै छु । तिमी भन्नुको अर्थ त म रहेछु ।

तिमी भन्नुको अर्थ तीर्थ रहेछ । मेरो शिरको अर्थ तिम्रै सामु झुक्नका लागि रहेछ । म यो धरतीमा आउनुको कारण तिमी रहेछौ । अनि हामी बहेका थियौं निरन्तर‘ निरन्तर‘!

कति धारिलो प्रवाह थियो त्यो । मेरो अकबरी सुन ! ‘प्रेमभित्र काव्य हुन्छ, दर्शन हुन्छ, सङ्गीत हुन्छ । प्रत्येक बाजागाजामा बजिरहेको वेदनाको कैरन हुन्छ ।’ यसै भन्थे मान्छेहरू ।

अहिले अनुभव भइरहेको छ । म प्रेम सुन्छु, प्रेम हेर्छु, प्रेममा सुत्छु र प्रेम पिउँछु । क्रमशः उहीँ तिम्रो घाइते माया…….

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution