Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

बालअधिकार (कथा)

  • बागमती कलम
  • ९१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार (१ साल अघि)
बालअधिकार (कथा)

 शरण रेग्मी
गोधुली साँझमा म सुन्दरबस्ती तिर अगाडि बढ्दै थिएँ । गोधूली साँझको कारण अलि हतार हतारमा म हिँड्दै थिएँ ।

बाटोमा मेरो अगाडि एउटा एघार-बाह्र वर्ष जतिको बालक लमकलमक हिँडिरहेको थियो । यस्तो लाथ्यो कि ऊ भकुन्डो जस्तो गुडिरहेको थियो । मोबाइल बालेर हेरे, सेतो सर्ट, रातो स्वेटर, रातो पाइन्ट र टाइ मा सजिएको बालक थियो ।

उसले रातो झोला भिरेको थियो । रातो झोलामा किताब थियो होला । सायद झोलाको वजनले होला, टाउको र खुट्टा लगभग सय डिग्री जस्तो देखिन्थ्यो ।

असी वर्ष नाघेको बुढोले हिँडेको जस्तो गर्दै घरिघरि ब्यागलाई माथितिर तान्दै ब्यागलाई तल झर्नबाट जोगाउँदै ,घरिघरि मुन्टो सिधा पार्दै हिँड्दै थियो । मनमनै विचार गरे, त्यो बालकको वजन भन्दा ब्यागको वजन बढी नै थियो होला ।

नजिकै गएर बोलाउने इच्छा गर्दै मैले पाइला छिटोछिटो अघि बढाएँ तर पनि मलाई त्यो बालकलाई भेट्टाउन कठिन प¥यो ।

सायद डराएर होला । दौडेर बल्लबल्ल बालकलाई भेट्टाए । बालकले पुलुक्क म तिर हे¥यो । न्याउरो अनुहार, पातलोपातलो शरीर भएको उक्त बालकले मलाई कुनै प्रतिक्रिया जनाएन ।

बालकलाई सहज होस् भनेर भलाकुसारी गर्दैजाने मनसाय मेरो थियो । पहाडको नागबेली बाटो थियो । ओरालो बाटो झर्दै हामी बस्तीतिर अघि बढ्यौँ । फाटफुट घरहरू भेटिन थाले । म पुग्ने घर बस्तीको लगभग बीचमा थियो । सुन्दर बस्ती साँच्चै नाम नै जस्तो सुन्दर छ ।

वरिपरि ठूला-ठूला पहाड , रमणीय हिमाल, हरिया वनहरु, बाटैभरि हाँगा– हाँगामा फुलेका फूलहरूले सुन्दर बस्तीलाई थप सुन्दर पारेको छ । अलि तल बेसीमा त्रिशूली नदी नागबेली परेर बगेको देखिन्थ्यो ।

नदीको किनारै-किनारमा लामो लमतन्ने परेको रोड थियो । रोडमा धेरै गाडीहरू तँछाड मछाड गर्दै दौडिरहेको थियो ।

बालकलाई वास्ता नै नगरी सुन्दरबस्ती लाई एकपटक नियाले । झुरुप्प–झुरुप्प परेको घरहरू, धेरैजसो ढलान गरेका घरहरू देखिन्थे । फेरी सानो जङ्गल पार गरेर जानुपर्ने बाटो थियो ।

बाटोमा कालिज चराहरू पनि देखियो । जसरी आमाको माया सन्तानमा हुन्छ ,एउटा शिक्षकको माया शिष्यमा हुन्छ । मैले बालकको ध्यान तान्ने प्रयास गर्दै बोले–“बाबु कति राम्रो कािलज चराहरू !” बालक बोलेन । फेरी मैले सोधेँ –“बाबु तिमी कहाँसम्म पुग्ने हो ? गाउँको पुछार हो ?” बल्ल उसको मुखबाट आवाज निस्कियो । “त्यइ तलसम्म ।” उसले छोटो उत्तर दियो ।

सहयात्रीलाई प्रश्नको बर्षा गरेँ । “बाबु तिम्रो नाम के हो ?” “मेरो नाम अनुप रेग्मी ।” “बाबु कसको छोरा ?” “हर्कमान ।” म पुग्ने घर पनि रेग्मीको घर थियो । त्यो गाउँमा हर्कमान नाम गरेका र रेग्मी नै थर गरेका धेरैजना थिए । अतः मैले फेरी प्रश्न तेर्साए । “बाबु तिम्रो बुबा टिचर हुनुहुन्छ ,हो ?” होइन । व्यापारी हुनुहुन्छ, हो ? हो । उसले छोटो उत्तर दियो ।

करीब दश वर्षअघि मात्र मैले यो गाउँमा पाइला टेकेको थिए । म स्वदेश फर्किएपछि पहिलोपल्ट यस बस्तीमा प्रवेश गरेको थिएँ।

यो गाउँमा मेरो मामाको छोरा, हर्कमान को घर छ । अहिले मलाई पक्का भयो कि म पुग्ने घरपनि यही बालकको घर हो । मैले मनमनै विचार गरे-मैले मेरो परिचय दिए भनेपनि यो बालकले चिन्दैन ।

अतः परिचय दिन उचित ठानिन । डराउन कम हुन्छ होला भन्ने ठानेर मैले केही कुरा राख्ने जमर्को गँरे साथै म प्रति बालकको ध्यान आकर्षण गर्न विभिन्न प्रश्नहरु सोध्ने अठोट गँरे ।

सायद अपरिचित व्यक्ति भनेर ऊ डराइरहेको थियो होला । आफन्त नै हुनुहुदो रहेछ भनेर केही बोल्छ कि भनेर भनेँ “बाबु म पनि तिम्रै घरको पाहुना हुँ ।” त्यसपछि भने उसले मेरो मुखमा फर्किएर हे¥यो र भन्यो “ए हो र ।” “हजुरको घर अंकल ।” बालक बोलेको देखेर म खुशी हुँदै भने । “गोरखा” ।

बाटोको दायाँतिर एउटा ठूलो बाँसको गाँज थियो । चराहरू चिरविर-चिरविर कराइरहेका थिए । मैले भने–बाबु ! हेर न चराहरू कति राम्रोसँग गीत गाइरहेका छन् । तिमीलाई सारौँ चरा मनपर्छ ? देखेका छौ त्यो चरा ? “अंकल चरा त मेरो घरमै छ । चरासँग म खेल्छु ।”

लगभग पाँच मिनेटपछि फेरी सेतो हिमाल देखियो । मैले उसको ध्यान तान्न फेरी भने-बाब ! हेरन कति राम्रो हिमाल टल्केको ।

“अंकल हिमालको ठूलो-ठूलो चुचुराहरु मेरो घरमै छ ।” म दङ्ग पँरे र मनमनै सोचेँ , सायद त्यो पिक्चर्स अथवा पेन्टिङ होला । उसलाइ भनेँ “त्यो पिक्चर्स अथवा पेन्टिङभन्दा रियल हिमाल हेर्न राम्रो हुन्छ नि ।” तर उसले मेरो कुरामा पटक्कै ध्यान दिएको थिएन । ऊ आफ्नै सुरमा अघि बढ्दै थियो । मैले पनि बढी दो¥याउन चाहिन ।

हिड्दै जाने क्रममा दुइवटा मृगले हाम्रो बाटोलाई क्रस गरेर बायाँबाट दायाँतिर गयो । सायद बच्चा र माउ थियो कि ? मैले हत्तनपत्त बालकलाई भने –बाबु तिमिलाई मृग मनपर्छ ? कति राम्रा मृगहरु है ?” उसले बुझेन कि क्या हो । कुनै प्रतिक्रिया नजनाएपछि फेरी भँने-“डियरहरु कति राम्रा है बाबु ?” उसले भन्यो –“अंकल डियरहरु पनि मेरो घरमै छ ।” एउटा मनले भन्यो- धेरै पाइने र देखिरहने वस्तुहरु मूल्यहिन हुँदा रहेछन् ।

प्राकृतिक वातावरण मन नपर्ने पनि बालकहरु हुँदा रहेछन् । अर्को मनले भन्यो–यो बच्चालाई केही स्टे«स हुनुपर्छ । नत्र मन पर्न नै पर्ने हो । केही मिनेटको हिडाई पश्चात् हामी हर्कमानको घरनजिकै पुग्यौँ ।

हर्कमानको घरनजिकै पानीको धारो थियो । धारोमा पानी पिएर म पनि घरको गेटबाट छिरे । बालक अघि नै घरभित्र छिरिसकेको थियो । घरमा हर्कमान टि.भी. हेरेर बसिरहनुभएको रहेछ । अर्कोतिर हर्कमानको श्रीमती मोबाइलमा सायद फेसबुकमा व्यस्त हुनुहुन्थ्यो कि ! अर्को एकजना व्यक्ति पनि हुनुहुदोरहेछ ।

बालकले ड्रेस चेन्ज गरेर ममिसँग भन्यो “ममी भूइगान्टे नेपाली पढाउने सरले आज पिट्यो नि !” याँ दुखिराछ भनेर उसले पिडौँला देखायो । बाबा, ममि र गुरु भनेका ज्यूँदा देवता हुन भन्दै उनीले सम्झाइन । “आज सिक्सवटा होमवर्क ममि ।” “ए” भन्दै बालकको ममिले तुरुन्तै पानी र दुध गिलासमा लिएर आउनुभयो ।

बालक पानी र दुध पिएर पढ्न तयार भयो । शिक्षक नजिकै हुनुहुन्थ्यो । उनी पढाउनमा तम्तयार थिए । टेबलमा धेरै किताबहरुको चाङ थियो । बालक म तर्फ हेरेर बोल्यो –“अंकल मेरो हिमाल हेर्नु त ?” “खै बाबु ?” मैले सोधे । उसले किताबको चाङ देखाउदै भन्यो– “अंकल यहि हो मेरो हिमाल, म यही हिमालमा चढ्छु । मैले यसैमा रमाउनुपर्ने छ ।

ड्याडीममिलाई यही हिमालमा चढेको मनपर्छ । मैले ड्याडीममिलार्ई खुशी बनाउनुछ । ड्याडीममि खुशी हुनुहुन्छ भनेर म यही हिमाल हेर्छु । यही हिमालमा चढ्छु । यही हिमालबाट ओर्लन्छु । सोही समयमा मलाइ हेर्दै हर्कमान बोल्नुभयो -छोरो सिक्समा पढ्छ । यसलाई डक्टर बनाउनुपर्ने छ भाइ । प्रसिद्ध र सफल डक्टर साप ।

हर्कमानको श्रीमती पनि मलाई हेर्दै बोल्नुभयो–जसरी पनि हामीले यसलाई डाक्टर साप बनाउनुछ बाबु ।” बिहान स्कुलमा सात बजेबाट ट्यूसनमा राख्याछौँ । म नौबजे भात लिएर स्कुलाँ जान्छु । त्याहा नै उसले भात खान्छ । बेल्का पनि ट्युसनमा राख्या छौँ।

कक्षामा अहिलेसम्म फास्ट भएको छ । पछि खै के हुन्छ ?आजका दिनसम्म हाम्लाई खुशी देको छ बाबु ! ”यो सरासर गलत हो भन्न मन थियो तर सकिन । तर छोटकरीमा भने- बच्चालाइ दबाब दिनु राम्रो होइन है दाइ । प्रसिद्ध र सफल डक्टर मात्र होइन, खुशी र अशल डक्टर पनि ।

नुपलाइ मेरो परिचय पनि दाइले नै दिनुभयो । त्यसपछि त ऊ मेरो सानो साथी भयो । एक घण्टा पढाएर शिक्षक जानुभएपछि ऊ मेरो नजिक बस्यो । फेरी उसले सारौ, मृग, तित्रा ,भालु,बिरालो आदिको खेलौना देखाउँदै भन्यो- “ अंकल हजुरले भन्नु भएको बर्डज, एनिमलहरु भन्दा इनीहरु बेष्ट फ्रेन्डज हुन् ।”

मैले अबोध बालकलाई एकतमासले हेरिरहेँ । । उसको अधिकार हनन भएकोमा मनमनै चिन्ता लाग्यो । मेरो आँखा अगाडि आँशुका बादलहरु मडारिन थाले । रुमाल निकालेँ खल्तीबाट । कसैले थाहा नपाउने गरी आँशुका ढिक्काहरु पुछेँ ।

म खाना खाएर मलाइ तोकिएको बिस्तरामा गएँ । बेलुका सुत्ने समयमा मनमा विगत दश बर्ष अघिका स्मरणहरु तरङगित हुन थाले । अनुपलाइ दुइ बर्षबाट नै बोडिङमा भर्ना गरिएको थियो । दुइ बर्षको कलिलो उमेरमै उसले ए,बी,सी……,वन ,टु…… , क, ख…….अ,आ….सिक्नुपरेको थियो ।

बोली प्रष्ट नै थिएन तर घरमेै बोर्ड खरिद गरेर लेख्न लगाएका थिए । बिचरा अबोध बालकले अंग्रेजी राइम्सहरु कण्ठ गर्नुपरेको थियो । राइम्सहरु कण्ठस्थ नगर्दा घरमा पिटाइ खान्थ्यो । नेपालमा बसेर पनि बालकले अंग्रेजीमा मात्र बोल्नुपरेको थियो ।

भाउजुको आइ. ए.सम्मको अध्ययन भए पनि राष्ट्रपतिको जस्तो रवाफ थियो । अनुपलाइ कुवाको भ्यागुता जस्तो बनाएका थिए । कोठाबाट बाहिर निस्कन मनाही थियो । छिमेकीको कोठामा जान मनाही थियो ।

नजिकै छिमेकीको कोठामा लगभग तीन बर्ष उमेरको बालक थियो । आयुश उसलाइ साथी बनाउन चाहन्थ्यो तर बीचमा ठूलो पर्खाल थियो । अनुपलाइ डेराको कोठामा बन्दी बनाइ राखेका थिए ।

भाउजु बाथरुम निस्कदा पनि ढोकाको चुकुल लगाएर मात्र जानुहुन्थ्यो । सायद मिल्ने भए बक्समा हालेर जानुहुन्थ्यो होला । घर बाहिर गए लड्छ रे,कोठा बाहिर गए लड्छ रे, दौडिए लड्छ रे, खेले पनि लड्छ रे ,जहिले खेलिराख्छ रे , जहिले चकचक गरिराख्छ रे, माटोमा खेले फोहोर लाग्छ रे, पानीमा खेले चिसो लाग्छ रे, घाममा खेले ज्वरो आउँछ रे । ऊ चरा जस्तै उड्न चाहन्थ्यो तर पाउदैनथ्यो । उसको उमेर नै खेलिरहने,चकचक गरिरहने थियो तर पाउदैनथ्योे । कति निरीह र असहाय !

बिस्तरामा पल्टेँ । दिउँसो बाटोमा आउनेक्रममा पुलमुनिको पानीमा मृत अवस्थामा तैरिरहेको करिब दुइ बर्षको बच्चा आँखाभरी छायो ।

एकजना शहरीया भनाउँदो केटीले शहरबाट आएर फालेको भनेर कुरा गर्दै थिए गाउँलेहरु । जानी जानी फालेको रे । फेरी आँखामा अनुपको तस्वीर देखियो ।

आँखा वरिपरी, मनभरी अनुप नै अनुप भएर होला, मैले सपनामा उसैलाइ देखेँ । ऊ त एस. इ. इ .दिने पो भएछ । विडम्वना ! उसले एस. इ. इ.मा नन ग्रेड ल्याएछ । एस. इ. इ. दिनु पूर्व नै तनाब,चिन्ता र डिप्रेसनले उसलाइ टाउँको दुख्ने,मांशपेशीमा दुखाइ हुने,निन्द्रा नलाग्ने भएको थियो । रिसाउने,झर्कने बानीको विकाश भएको थियो ।

डिप्रेसनको शिकार भएर नियमित औषधी सेवन गरेको थियो । एक मात्र सन्तानको त्यो दयनीय अवस्थाले अनुपका बाबा-ममि चिन्तित थिए ।

बिहान सबेरै चराहरुको गीतले म ब्यूझिएँ । कोठाबाट नै दन्तलहर जस्तै मिलेका, सेता, मनमोहक हिमालहरु देखेँ, घना जङगल देखेँ ,रमणीय पहाड–पर्वतहरु देखेँ । ती प्राकृतिक छटाले हर्षविभोर भएँ । चियाको चुस्किसँगै मैले अनुपको बाबा–ममिसँग बाल अधिकारको बारेमा केही कुरा गर्ने साहस गरेँ ।

अन्जान बालकको बाँच्न पाउने हक,संरक्षण पाउने हक,विकास हुने पाउने हक,सहभागिताको हकको बारेमा बताएँ । बाबा–ममि हुनुको कर्तव्य बोध गराएँ ।

अन्तमा तारे जमिन पर भन्ने मुभि हेर्न सुझाएँ । समयले म आउँछु पनि भनेन,जान्छु पनि भनेन । दिन,महिना,बर्ष हुदै तीन बर्ष बितेछन् ।

एकपल्ट म फेरी त्यही घरमा दिवाली पूजामा पुगेँ । निलो आकाशमा बादलको केही धर्सो देखिन्थ्यो । जुनको मधुर प्रकाशले वातावरण रमणीय बनाएको थियो ।

म त अनुपलाइ देखेर दङ्ग परेँ । कस्तो संस्कारी अनुप ! उसको बाबाले भन्नुभयो-हाम्ले बच्चालाइ तनाब,दबाब होइन,माया,ममता र हौसल्ला दियौँ । स्वस्थ भोजन दियौँ,मायावी वातावरण दियौ,राम्रो संस्कार दियौ,कोपिलामा फक्रन दियौ ।

त्यसैले एस. इ. इ. मा चार जि. पि. ए. ल्यायो अनुपले ।

आयुषको सफलतामा मेरो पनि थोरै हिस्सा थियो । बाल अधिकारको केही हदसम्म प्रत्याभूति दिलाउन सफल म पुलकीत भएँ ।

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १२ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution