Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ घण्टा अघि
२

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

३ घण्टा अघि
३

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

४ घण्टा अघि
४

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

४ घण्टा अघि
५

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
६

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२ दिन अघि
७

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२ दिन अघि
८

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२ दिन अघि
९

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२ दिन अघि
१०

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२ दिन अघि
११

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२ दिन अघि
१२

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

३ घण्टा अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

४ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

३ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

  • Default Profile
  • बागमती कलम
  • २४१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी तथा विपक्षी राप्रपाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे र एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय महत्वका साथ उठाएको छ । माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको छ । माओवादीले संविधान निर्माणको क्रममा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जोड दिएको थियो । संविधान निर्माणको क्रममा सहमतिका लागि भन्दै माओवादी लचिलो भएको थियो ।

गत निर्वाचनमा वामगठबन्धनले झन्डै दुईतिहाइ मत प्राप्त गरे पनि दुई–दुईपटक संसद् विघटन भएको भन्दै माओवादीले शासकीय प्रणालीमा सुधारको आवश्यकता औँल्याएको छ । रणनीतिक, विगतको समीक्षा र आगामी पाँच वर्षको योजना घोषणापत्रमा समेटिएको उनले जानकारी दिए । राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिने र नयाँ आयोजना थालनी गर्ने विषय पनि घोषणापत्रमा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा परम्परागत शैलीलाई बदल्ने माओवादीले जनाएको छ । नीति तथा कार्यक्रममा समावेश गरेर काम गर्ने गरी घोषणापत्र तयार पारिएको माओवादीले जनाएको छ ।

एकीकृत समाजवादीको घोषणापत्रमा शिक्षा र स्वास्थ्यमा जोड 
एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ । घोषणापत्रमा शिक्षा र स्वास्थ्यमा जोड दिइएको छ । शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्ने र आमजनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेसहितका विषय समेटिएको महासचिव बेदुराम भुसालले जानकारी दिए । ‘प्राप्त उपलब्धिको रक्षा, निर्वाचन प्रणालीमा सुधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, जलस्रोतलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।

विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने भन्दै समाजवादीले १५ बुँदे नारा समावेश गरेको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य समाजवादीले राखेको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषय समेटिएको छ । उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेलले तयार पारेको घोषणापत्रको मस्यौदालाई सचिवालय बैठकले अन्तिम रूप दिएको थियो ।

 प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको प्राथमिकतामा 
राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ । बिहान साढे ११ बजे अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंस्थित बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा छन् ।

 घोषणापत्र कार्यान्वयनमा समस्या छैन  : कांग्रेस

कांग्रेसले प्रदेश र प्रतिनिधसभा निर्वाचनको घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा समस्या नहुने जनाएको छ । कांग्रेस घोषणापत्र तयारी समितिले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको छलफलमा सहमहामन्त्री जीवन परियारले निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने र घोषणापत्रका विषय कार्यान्वयनमा ल्याइने दाबी गरे ।

उनले ०७४ मा सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले घोषणापत्र कार्यान्वयनमा ल्याउन नसकेको बताए । ‘हामीले गठबन्धन गरेर सिट बाँडफाँड गरेका छौँ । यति सिट भनेर ठोकुवा त गर्न सकिँदैन, तर कांग्रेस पहिलो पार्टी बन्छ र कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ घोषणापत्र मस्यौदा समितिका प्रवक्तासमेत रहेका परियारले भने, ‘गठबन्धनमा रहेका अन्य दलहरूले पनि यसकै नजिक रहेर घोषणापत्र ल्याउँछन् । जनतामा डेलिभरी दिने कुरामा एक ठाउँमा आउँछौँ । घोषणापत्रका प्रतिबद्धता कार्यान्वयनमा आउँछन् ।’

घोषणापत्र मस्यौदा उपसमिति सदस्य डा. स्वर्णिम वाग्लेले घोषणपत्रमा आधारसहित आर्थिक विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले घोषणापत्रमा आशावादी बनाउन र युवाहरूको हुटहुटीलाई समेटेर ‘न्यूनतम महत्वाकांक्षा’ राखिएको बताए । ‘यथास्थितिकै निरन्तरता दिएर निराशा बाँड्नुहुँदैन । यति महत्वाकांक्षा राख्न सकिन्छ भनेर पारदर्शी ढंगले त्यो दाबी गरेका हौँ । हावादारी कुरा गरेका छैनौँ, यथार्थपरक मुद्दालाई उठाएका छौँ । यथास्थितिकै निरन्तरतामा कुनै पनि लक्ष्य हासिल हुन सक्दैन । निर्वाचनपछि फ्रेस म्यान्डेट लिएर आउने सरकार राज्यका विवाद सबै निरुपण हुँदै गएको र सबैको ध्यान आर्थिक मुद्दामा नै केन्द्रित बन्नुपर्छ,’ उनले भने ।

कांग्रेसले घोषणापत्रका प्रतिबद्धता कार्यान्वयनका लागि अनुगमन र मूल्यांकन संयन्त्र बनाउने उल्लेख गरेको छ । ‘संकल्पमा उल्लेखित विषयको कार्यान्वयनको अवस्थाका सन्दर्भमा पार्टीभित्र अनुगमन र मूल्यांकन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र ‘पार्टी अडिट’ गर्नेछ,’ घोषणापत्रमा भनिएको छ ।

समिति सदस्य प्रताप पौडेलले अडिटको अवधारणा कार्यान्वयनका लागि कांग्रेसले संयन्त्र बनाउने बताए । त्यसका लागि निश्चित मापदण्ड तय गरेर मूल्यांकन गरिने उनको भनाइ छ । डा. वाग्लेले ६५ वर्षमा वृद्धभत्ताको प्रस्ताव प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको चाहनामा आएको बताए । ‘७० बाट ६८ वर्षमा वृद्धभत्ता पनि उहाँकै कार्यकालबाट सुरु भयो । पाँच वर्षमा क्रमशः ६५ वर्षमा भत्ता दिनुपर्छ भन्ने उहाँको प्रगाढ चाहना थियो । यो त्यसैको प्रतिबिम्ब हो,’ उनले भने ।

राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की कांग्रेसको चुनावी घोषणापत्र एमालेप्रति आक्रामक भएको बताउँछन् । ‘एमालेकै कारण गठबन्धन बन्यो र कांग्रेस नेतृत्वमा आयो भनिएको छ । सामाजिक सुरक्षामार्फत विशेषगरी मतदातालाई कसरी आकर्षित गर्ने भन्ने एउटा टे«न्ड बनेको छ । कांग्रेसले पनि पब्लिक सेन्टिमेन्टलाई तान्न सामाजिक सुरक्षालाई विशेष ध्यान दिएको देखिन्छ । तीन वर्षमुनिका र ७३ वर्षमाथिकालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता यसैअन्र्तगत आएका हुन्,’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • 713663173_1699458651054073_4510451867413825619_n

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

  • 712114878_1009775401503938_5904138841576517472_n

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

  • dhadingpost

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

  • समाचार
  • १

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    ३ घण्टा अघि

  • २

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    ३ घण्टा अघि

  • ३

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    ४ घण्टा अघि

  • ४

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    ४ घण्टा अघि

  • ५

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ दिन अघि

  • ६

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २ दिन अघि

  • ७

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २ दिन अघि

  • ९

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २ दिन अघि

  • १०

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution