

निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालेको छ ।एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो । आयोगकाअनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही ठाउँमा मतदान गर्ने व्यवस्था हुनेछ ।
अस्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १ सय ६४ जनाको नाम आयोगमा सूचीकृत भएको छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अस्थायी मतदान गर्न नपाइने व्यवस्था भएकाले अहिलेसम्म मतदाता नामावलीमा समावेश भएकामध्ये १ लाख ४४ हजार ६ सय २५ जनाको नाम पुष्टि भएको आयोगले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |