Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

१२ घण्टा अघि
२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

१ दिन अघि
३

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

१ दिन अघि
४

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

१ दिन अघि
५

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ दिन अघि
६

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

२ दिन अघि
७

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

२ दिन अघि
८

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

२ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
१०

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

४ दिन अघि
११

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

४ दिन अघि
१२

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

४ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

६ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

५ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा

  • Default Profile
  • बागमती कलम
  • ३८२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन १, सोमबार (३ साल अघि)
जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा

नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा पनि हेनुपर्छ । आज हामी २८ औँ जनयुद्ध दिवसको अवसरमा आइपुगेका छौंँ । त्याग, बलिदान, समर्पणको त्यो महायज्ञमा दशौंं हजार नेपाल आमाका होनहार, प्रातिभा, वीर सन्ततिहरूले आफ्नो अमूल्य जीवनको प्राणाहूति दिएका थिए । हजारौं बेपत्ता योद्धाहरूले आफ्नो त्यो उदात्त उत्सर्गशील चेतनाले मुक्ति र स्वतन्त्रताको सपना बाँडेका थिए ।

शोषणबाट मुक्ति, विभेद र अन्यायबाट मुक्ति, उत्पीडन र तिरष्कारबाट मुक्ति, गरिबी र अभावबाट मुक्ति, विकास र प्रगति विरोधी विसङ्गति र दूर्गतिबाट मुक्ति, दीनता र दासताबाट मुक्ति, औपनिवेशिक हस्तक्षेपबाट मुक्तिको सौन्दर्य नै जनयुद्धको सौन्दर्य पनि थियो । यही सौन्दर्यका लागि हजारौँ सहिदहरूले क्रान्ति यज्ञमा आफ्नो जीवन नै आहूति गरिदिए । त्यो उत्सर्ग अप्रतिम र अपूर्व पनि थियो । ती महान् सहिदहरू परिवर्तनका बिम्ब पनि हुन् । जनयुद्धको पहल भएको आज २८ औँ वसन्त पूरा भएको छ । नेपाली वर्गीय चेतनाको त्यो उच्च उदात्त भावधाराले अकिञ्चन वर्गलाई धेरै ब्युँझाएको छ । जनयुद्ध राजनैतिक चेतना र क्रान्तिकारी भाव विस्तारको उज्यालो आयाम पनि हो । यसले महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु सबै उत्पिडीत समुदायलाई आआफ्नो पहिचान, मुक्ति, अधिकार प्राप्ति, सम्मान र स्वाभिमानको स्थापनाका निम्ति सङ्कल्पित हुन दिशाबोध गराएको छ ।

नेपाल सरकारले यस वर्षदेखि जनयुद्ध दिवसमा बिदा दिने परम्पराको सुरुआत गरेको छ । परिवर्तन र बलिदानको सम्मान त हो नै, साथै इतिहासको सही मूल्याङ्कनको सुरुआत पनि हो । त्याग र बलिदानलाई राज्यले सम्मानित नगर्ने हो भने देशको निम्ति कोही पनि मर्न तयार हुने छैन । सायद यही दूरगामी प्रभावलाई दृष्टि गरेर नै बिदा दिइएको होला । बलिदानको अपमान गर्ने, होच्याउने, अपभ्रंशित गर्ने, विद्रूपीकरण र भ्रष्टीकरण गर्ने र अझ नपुगेर अपराधीकरणसमेत गर्ने खलनायकीय भूमिकाहरू इतिहासदेखि हुँदै आएका छन् । यसको एउटा र मुख्य उदाहरण हो, देशभक्त र राष्ट्रपे्रमी प्रधानमन्त्री भीमसेन थापाको दुःखान्त र दर्दनाक हत्या वा मृत्यु । अपमान सहन नसकेर नै एउटा महान् देशभक्तले आत्महत्या गर्न विवश भएका थिए ।

नेपाललाई सतीले सरापेको देशको कालो धब्बा पनि यही घटनाले लगाएको हो । त्यही घटनाको पुनरावृत्ति गर्ने प्रयास आज जनयुद्ध विरुद्ध पनि हुन थालेको छ । देशका लागि मर्ने, जीवन त्याग गर्ने, हाँसीहाँसी मृत्युवरण गर्ने, परिवर्तन र क्रान्तिका लागि जीवनको कुर्बानी गर्ने महान् अमर सहिदमाथि हिलो छ्याप्ने कोशिस प्रतिगामी, सामन्ती, कट्टर जडता बोकेका, गतिशीलता विरोधी, मध्ययुगीन दासत्व कायम राख्न चाहने वर्गबाट हुँदै आइरहेको छ । दुई÷चार सपूत हैन, हजारौँ सपूत मरेर नगए देश नबन्ने रहेछ भन्ने जनयुद्धले साबित गरेको छ । विना रक्तपात संसारमा कहीं पनि सत्तामा परिवर्तन नहुने रहेछ भन्ने कुरा त फ्रान्सेली राज्यक्रान्ति, रुसी, चिनियाँ, क्युवाली, भियतनामी, कोरियाली, कम्बोडियाली, इरानी क्रान्तिहरूले पुष्टि गरिसकेका छन् ।

भारतको स्वतन्त्रतामा पनि सुभाषचन्द्र बोस, भगतसिंह, जलियाँवाला वागजस्ता अनेकौँ बलिदान त भएकै छन् । नेपालमा पनि हजारौँको बलिदान भयो तर ती देशहरूमा त करोडौँ जनताले बलिदान दिएका छन् देशका लागि । बलिदान हत्या होइन, नादानहरूले मात्र बलिदानलाई हत्या देख्छन् । फेरि बलिदान कहिल्यै निरर्थक हुन्न । बलिदान न मृत्यु हो, न हत्या नै । त्यो त अप्रतिम उत्सर्ग हो ।

जनयुद्ध समग्र युद्ध थियो । सौर्य, साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक अभियानले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको थियो । वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका हरेक सामन्ती साङ्गलाहरू तोडेर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गरेको थियो । यसको परिणाम आज दूर्गम, सुदूरवर्ती, अनकण्टार गाउँमा पनि उज्यालो राजनैतिक चेतना, विचारको जागरण पैदा भएको छ ।

आज पिछडिएका, उपेक्षित, विकासबाट वञ्चित गाउँहरू पनि अभूतपूर्व रुपमा ब्युँझेका छन् । ग्रामीण र देहाती जनतामा समेत राजनीति पुगेको छ र आफ्नो हक, अधिकारका लागि, शोषणबाट मुक्तिका लागि माओवादी आन्दोलनको मूल्य र त्यसले दिएको ज्ञानको प्रकाश सञ्चार हुन पुगेको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, थारु समुदायहरुमा जुन सचेतना, जागरण र आफ्नो पहिचानप्रतिको जागरुकता आएको छ । त्यो परिवर्तन जनयुद्धकै देन हो भन्नेमा दुईमत नहोला ।

दुई सय पचास वर्षको सामन्तवादी राज्यसत्ताको प्रतिनिधि रुप राजतन्त्रको अवसान र गणतन्त्रको स्थापना, एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनाद्वारा सङ्घीयताको निर्माण र समानुपातिक, समावेशीताको विधिको स्थापना, आरक्षणका माध्यमबाट महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिमका स्थानीय निकायदेखि राज्यको माथिल्लो तहसम्म अनिवार्य प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता महत्वपूर्ण उपलब्धि हुन् । जकडिएर रहेको जडवत् रुढिवादी अन्धविश्वास, धार्मिक अतिवादी चिन्तन, धर्मशासित राज्य संयन्त्रलाई पनि धर्मनिरपेक्षताको प्रावधानले केही उदार बनाउन बाध्य पारेको छ ।

केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थामा पहुँच हुनेलाई मात्र विनियोजन हुँदै आएको, अभिजात्य वर्ग र सम्भ्रान्तहरूले मात्र एकलौटी विलासितामा उपभोग गर्दै आएको राज्यको ढुकुटी अब सङ्घीयताले गर्दा विकेन्द्रित रुपमा विनियोजन हुन थालेको छ । राज्यको बजेट, राज्यको कोष समानुपातिक रुपमा तल तलसम्म पुग्न, वितरण हुन थालेको छ । स्थानीय निकायमा जनताले नै योजना बुन्न थालेका छन् र गाउँगाउँसम्म जनता आफ्नो अनुकूलतामा बजेट बनाउन थालेका छन् । यसले समानुपातिक रुपमा देशका सबै क्षेत्रलाई समेट्न थालेको छ । गाउँमै प्रशासनिक निकायहरू पुगेका र विकासका आधार र अवसरहरू पनि प्राप्त हुन थालेका छन् ।

स्वास्थ्य, शिक्षा, खाद्य सम्प्रभूताजस्ता संविधानमा उल्लेखित नैसर्गिक अधिकारका नीति र व्यवस्था पूर्णरुपमा लागू गर्न तथा जनतालाई लोकतन्त्र, गणतन्त्र र समाजवादी अर्थव्यवस्थासहितको रुपान्तरणको प्रत्याभूति दिलाउन, परिवर्तनको नयाँ संस्कृतिको उपभोग गराउन अब जनयुद्धको सौन्दर्य प्रयोगको अपेक्षा र आकांक्षा जनताले गरिरहेका छन् । व्यवस्था त बदलियो तर जनताको अवस्था बदल्न आर्थिक दलालीकरणको नीतिमा परिवर्तन जरुरी छ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ ।

राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको विस्थापन हुनैपर्छ । यो व्यवस्था बदल्ने माओवादीहरूले नै अब जनताको अवस्था बदल्ने जिम्मेवारी पूरा गर्नुछ । जनयुद्धको सौन्दर्य भनेकै सहिद तथा बेपत्ता योद्धाका सपना, घाइते अपाङ्ग योद्धाका आकांक्षा, आम नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने हो, जुन काम अझै पूरा हुन बाँकी नै छ । जुन जनयुद्धका अभियन्ता माओवादीहरूले पूरा गर्ने उद्यत र उद्यम गर्नु आवश्यक छ । हाम्रो नीतिलाई अरुले पूरा गर्दैनन् पनि । आफूले जन्माएको बालक आफैँले हुर्काउनु प्राकृतिक नियम नै हो । त्यसका लागि नै तल्लो वर्गका समस्या, आवश्यकता र आकांक्षालाई हामीले आत्मसात् गर्नै पर्छ ।

गरीब, किसान, ज्यामी, खेताला, मजदूरका आवाज माओवादीले नसुने अरु कसले पो सुन्ला र ? जनयुद्धको मूल उद्देश्य पनि त्यसैमा अन्तर्निहित छ । जनयुद्धको आधारमा टेकेर उठेको जनआन्दोलनको संयुक्त पहलबाट जनताले आफ्नै हातले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ सम्बिधान बनाएका छन् । यो एउटा युगान्तकारी घटना हो । यसको रक्षा र प्रयोग गर्दै सीमित नै सही प्राप्त उपलब्धिलाई मास्न नदिई अगाडिको समाजवादको सङ्कल्प पनि पूरा गर्नु पर्नेछ ।

मुलुकमा समृद्धि र विकास, प्रगति र समुन्नति, खुसी र सुखी समाज स्थापना गर्न अझै पनि शान्तिपूर्ण सङ्घर्षको आवश्यकता भने सँधै रहिरहन्छ र त्यसको लागि सांस्कृतिक रुपान्तरण पनि जरुरत छ भन्ने यथार्थलाई पनि हामीले बिर्सिनु हुँदैन । जनयुद्ध दिवसले यही प्रेरणा हामीलाई दिइरहेको छ । फागुन १ वसन्त ऋतु आगमनको आरम्भ हो । एक दिन मुलुकमा पनि मुक्ति, स्वतन्त्रता र स्वाभिमानको त्यो वसन्त जरुर आउने छ । अनि जनयुद्धका उद्देश्य पूरा हुनेछन् । जनयुद्ध दिवसले सबैमा यही आशावादी सन्देश र जीवनवादी जागृति दिनेछ ।

(लेखक –ईश्वरचन्द्र ज्ञवाली जनसांस्कृतिक महासङ्घ नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    रास्वपा धादिङको सभापतीमा राजन अर्याल
    १२ घण्टा अघि

  • २

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    १ दिन अघि

  • ३

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    १ दिन अघि

  • ४

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    १ दिन अघि

  • ५

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    २ दिन अघि

  • ६

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    २ दिन अघि

  • ७

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    २ दिन अघि

  • ८

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    २ दिन अघि

  • ९

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ दिन अघि

  • १०

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution