

काठमाण्डौ । नेपालमा एक वर्षको अवधीमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको छ ।
गएको आर्थिक वर्ष २०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्ममा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
यीमध्ये धम्की र दुर्व्यवहारका घटनाहरू सबैभन्दा धेरै ४१ वटा रहेको प्रेस काउन्सिल नेपालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी आक्रमण र कुटपिटका घटना २२, पेशागत असुरक्षाका १३, कब्जा तथा अवरोधका सात र पक्राउ तथा पक्राउ प्रयासका घटना सात वटा रहेका छन् ।
प्रदेश अनुसार सबैभन्दा धेरै बाग्मतीमा ३८ वटा घटना भएका छन् ।
लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी एक सय ६ जना पत्रकार पीडित भएका पाइएको छ।
गएको आर्थिक वर्ष प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमतीमा चार, मधेशमा तीन र कर्णालीमा दुई वटा रहेका पाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |