निर्वाचन अयोगले चुनावलाई प्रतिकूल असर पर्ने गरी फैलाइने मिथ्या (झुटाे) सूचना अभिव्यक्ति स्वतन्त्रता नभएको बताएको छ ।
आयोगले शुक्रवार विज्ञप्ति निकालेर कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको हो ।
यसअघि कात्तिक ८ गते आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको थियो । आयोगको चेतावनीको चौतर्फी विरोध भएपछि फेरि आज अर्को विज्ञप्ति निकालेर उसले मिथ्या सूचना अभिव्यक्ति स्वतन्त्रता नभएको बताएको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |