किरान्चोक,१४ धादिङ ।
नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले गाउँको विकास नेकपा एमालेले मात्र गर्न सक्ने भएकोले एमालेलाई मत दिन मतदाताहरुसंग आग्रह गर्नुभएको छ ।
मतदाता भेटघाट गर्दै गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को विकट गाउँ पुग्नु भएका त्रिपाठीले एमालेको स्थानीय सरकारहुँदा गाउँमा सडक तथा अन्य विकासका योजना ल्याइएको र आफूले साम्सदको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सडक योजनाहरु रकम पठाएर विकासमा सहयोग गरेको बताउनुभयो ।
२०४३ देखि नेता भएकार भोट खाएकाले दुर्गम गाउँका लागि खास योजना नल्याएको भन्दै वितेको ५ वर्षमा धेरै योजनाहरु सम्पन्न गरिएको र एमालेले जितेको खण्डमा विकासका योजनाहरुले निरन्तरता पाउने उहाको भनाइ छ ।
यसअघि साम्सद त्रिपाठीको पहलमा आदमघाट, पर्खाले, मकवानपुरसडकको काम ठेक्का भएर निर्माणको चरणमा रहेको छ। मतदाता भेटघाट गर्दै नेकपा एमाले प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठी, प्रदेश सभा उम्मेदवार गजेन्द्र थपलिया तल्लो पेटारे, माथिल्लो पेटारे, महादेबखर्क, चैनपुर, सानो बाङ्गे, ठूलो बांगे लगायतका क्षेत्रमा पुग्नु भएको छ।
नेकपा एमाले प्रदेश सभाका उम्मेदवार इन्जिनियर गजेन्द्र थपलियाले विकासको योजना गाउँबाट बनाएर सम्सदमा आफूले योजना ल्याउन लागि पर्ने बताउनु भयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |