निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने स्मरण गराएको छ ।
आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा भने संलग्न हुन सक्नेछन् ।
‘संघीय र प्रदेश सरकारका मन्त्रीलाई चुनावी प्रचारमा सहभागी हुन अनुमति छ । उनीहरूलाई आफू उम्मेदवार रहेको क्षेत्रमा चुनावी प्रचार गर्न रोकतोक लगाइएको छैन । तर, सरकारी साधनको प्रयोग गर्न पाउने छैनन्’ आयोगले जनाएको छ । यसबाहेक अन्य क्षेत्रमा चुनावी प्रचारका लागि जाँदा भने आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
संघीय सरकारका मन्त्रीले आयोगको केन्द्रीय कार्यालयबाट तथा प्रदेश सरकारका मन्त्रीले आयोगको प्रदेश कार्यालयबाट अनुमति लिन सक्ने आयोगले जनाएको छ ।नेपाल समाचारपत्र
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |