रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो । सोही क्रममा शुक्ला घाइते भएका हुन् भने केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए । घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ । उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए ।
संचारकर्मी ऋषी धमलाले सञ्चालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए । एक चरणमा सबै उम्मेदवारले भनाई राखेपछि दोस्रो चरणमा भनाई राख्ने क्रममा कार्यकर्ताबीच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवादीत हुन पुगेको हो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेको सम्बन्धमा राति ८ बजेसम्म केही रिर्पोट नआएको बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |