जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’
अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताउदै उनले अहिले पनि आफू मधेशलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित,दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशिल रहेको बताए ।
संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनंसंख्याको अनुपातमा बजेट नदिईने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको जानकारी दिए ।
कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका प्रत्यासी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको उदाहरणीय कामहरुबारे चर्चा गरे ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |