नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपसमितिमा थप भएका सदस्यले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेसले निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |