मंसिर ४ मा हुने चुनाव खारेजी गर्न माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मशाल जुलुस गरेको छ।
झापाको बिर्तामोडमा शनिबार उक्त पार्टीका नेता तथा कार्यकर्ताले चुनाव खारेजी माग गर्दै जुलुस गरेका हुन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले चुनाव बहिकार गर्दै खारेजीको माग गर्ने केही दिनअघि निर्णय गरेका थिए।
झापामा भएको मसाल जुलुसपछिको कोणसभामा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य प्रशान्त थापाले मंसिर ४ को चुनाव जनता र देशको हितमा नभएकोले बहिष्कार गर्नुपर्ने बताए।
सरकारले भने निर्वाचन बिथोल्न खोज्नेमाथि निगरानी गरिएको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले चुनाव बिथोल्न खोजिएमा सरकारले कडा कदम चाल्ने बताइरहेका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |