नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकासका लागि ४५ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।
उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
उनले गोरखा जिल्ला नेपालको भौगोलिक एकीकरण र विस्तारको दृष्टिकोणबाट ऐतिहासिक भएको इतिहास साछी रहेको भन्दै विभिन्न कालखण्डमा विभिन्न ढंगले संगठित रूपमा अन्याय र अत्याचारविरूद्ध संघर्ष गर्दै परिर्वतन र अग्रगमनको पक्षमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |