धनगढी । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।
उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ओलीले कात्तिक १८ गते पनि दाुर्चला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |