Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२0 घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२0 घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२0 घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२१ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२१ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२१ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

७ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

१६ दिने अभियान : समाजमा सामजिक रुपान्तरण आधारसिला बर्ष बन्न सकोस्

  • बागमती कलम
  • ५६९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २२, बिहिबार (३ साल अघि)
१६ दिने अभियान : समाजमा सामजिक रुपान्तरण आधारसिला बर्ष बन्न सकोस्

सबिना चेपाङ
बेनिघाटरोराङ ८ धादिंङ
धादिङ,२२ मंसिर ।
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिंग लगायत मंसिर ९ देखि सुरु भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । नेपालमा संविधानले महिलाको अधिकार (धारा ३८), यातनाविरुद्धको हक, छुवाछुत र शोषणविरुद्धको हक, प्रजनन स्वास्थ्य सम्बन्धी हक, गोपनीयताको हक, सम्पत्तिमा समान हक र न्याय सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ ।

मानव अधिकार, महिला अधिकार, सेवामूलक लगायत सबै क्षेत्रमा काम गर्ने सरकारी निकायहरु तथा गैह्रसरकारी सस्थाबीच समन्वय गरी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरी यो अभियान सशक्त रुपमा मनाइँदैछ । परिवार समाज,कार्यस्थल र राज्य यी तीन क्षेत्रमा महिला हिंसा हुने गर्छ । पारिवारिक सम्बन्धका आधारमा हुने घरेलु हिंसा अन्तर्गत वैवाहिक बलात्कार, कुटपिट,यौनजन्य,दाइजोको नाउँमा हुने हिंसा, कुरीति र अन्धविश्वासका आधारमा हुने हिंसा लगायत विभिन्न कुरीतिजन्य हिंसा पर्छन् ।

त्यस्तै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार जस्ता हिंसा समुदायमा हुन सक्ने महिला विरुद्धका हिंसा हुन् । यसका साथै दुर्गम ग्रामिण भेगमा घरेलु हिंसाको साथमा जातीय विभेदको कारण पनि समाजमा बिबिध प्रकारको हिँसा भोग्न परिरहेको अवस्था छ । शिक्षा आर्जन गर्ने बिद्यालयमा हुने जातीय,भाषिक,लिङ्गीय र शारिरीक हिंसा बिचमा शिक्षा लिनु पर्ने परिस्थिती दुर्गम भौगोलिक चेपांङ गाउमा बिध्यामानमा पनि जीवित छ ।

उज्जल भविस्यको अभिलाशा सहित शिक्षा आर्जन गर्ने बिद्यालयमा समेत हुने हिंसाले हाम्रो समाजको जातीय,लिङ्गीय भेदभावको चरित्र चित्रण गर्छ,जुन हामीले भोग्न बिबस भइयो जातीय विभेद मानसिक अपराध हो,अब हाम्रा बहिनी तथा भाइहरुले भोग्न नपर्ने गर्न पनि यो लैङ्गिक हिंसा विरुद्धको अभियानले सार्थकता पाउनु जरुरी छ जस विरूद्ध सबैको सरोकारवालाको पहल कदमी अति आवश्यक छ।

म विद्यार्थी हुँदा महिनावारीको कारण बिद्यालय,कलेजको गइ कक्षामा बस्ने उचित वातावारण नहुदा केटा साथीहरु र सरहरुबाट समेत धेरै पटक हिँसाको शिकार हुनु परेको अनुभूति छ । महिनैपिच्छे हुने महिनाबारीको समयमा बिद्यालय,कलेज छुट्दा पढाइ खस्किने समस्याको भागीदार हुदाको पिडा संगालेको म जस्ता भुक्तभोगीहरु चेलीहरुको लागि पनि यो लैगिक हिंसा विरुद्धको अभियान’ अवस्था सुधारको एक बरदान बन्नेमा आशा गरेको छु ।

यति मात्रै हैन म धादिंङ धुषाको दुर्गम भौगोलिक चेपांङ गाउमा जन्मेकी नारी हुँ। त्यहीँ दुर्गममा हुर्केकी हुँ,माध्यमिक तहको अध्ययन पनि त्यहीँ पुरा गरेकी हुँ। जब ,माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाको लागि गाउ छोडेर कलेजको पहिलो दिन नया अपरिचित मान्छे भेट्दा नाम थर ठेगाना सहित परिचय दिन्छु अनि फेरी पुरक प्रश्न गर्दै ए चेपांङ पो हो,कस्तो दुर्गमको मान्छे हुनुहुदो रछ है ? ई–आदिबाट चेपांङ थर भएकोमा, दुर्गम जन्मेकोमा अर्को हिंसात्मक व्यवहार चुपचाप सुनि रहन बाध्य बन्नु परेको दिन बिर्सिन सकेको छैन।

मेरो अनुहारको भाव त्यो बेला कस्तो थियो, सम्झना भएन। मैले आफ्नो नाम भनुन्जेल सुन्ने मान्छेहरूको अनुहारमा एउटा ’रियाक्सन’ अनि ठेगाना भन्दा अर्कै ’रियाक्सन’ हुन्छ । मैले यस्तो धेरैपटक महसुस गरेँ। किन सुन्ने मान्छेले यस्तो गर्छन् भन्ने पनि धेरै सोचेँ। अझ जुन ठाउँमा मेरो पहिलो दिन हुन्थ्यो, त्यहाँ यस्तो प्रतिक्रिया पाएँ,कतै नयाँ ठाउमा पुगेर परिचय गर्दा, ,तालिमको पहिलो दिन आदि ।

मैले यति भन्न पाउँछु कि पाउँदिनँ, म जान्दिनँ। तर म के जान्दछु भने जाति र भूगोलले कुनै पनि व्यक्तिलाई मूल्यांकन गर्न हुँदैन। जाति र भूगोलले व्यक्तिलाई चिन्दैन। तर के चाहिँ सत्य हो भने भूगोलले दिने आवरण र जाती भाषा हेरेर सोही अनुरूप प्रश्न गर्नेहरूको जमात धेरै रहेछ। यस्तै हेपाहा प्रवृत्तिको गन्ध आउने प्रश्नले हामी जहाँको हौं, त्यहाँको भन्न अझै हिच्किचाउँछौं। यी सबै ठाउँमा मैले आफ्नो परिचय दिँदा प्रश्नमाला पाएकी छु। कतिपटक प्रश्न पचाउन नसकेर कक्षाकोठा,तालिम हलबाटै निस्किएकी छु।

कतिपटक मनमा आएका जवाफलाई मनमै थुपारेकी छु। कुनै पनि बिषयमा प्रश्न सोध्नै हुँदैन भन्ने होइन । तर सोधेको प्रश्नपछिको उत्तर पनि त स्वीकार्नु प¥यो नि। मैले मेरो जन्मभूमि धादिंङको बिकट बस्तीको चेपांङ हुँ भन्दा ’साँच्चै हो ? सत्य हो त ? भनेर शंका गर्नु त भएन नि। अनि चेपांङ भएर जन्मनु मेरो अपराध हो र ? बिकट बस्तीको चेपांङले शहरमा बस्ने व्यक्तिलाई त्यस्तै प्रतिक्रिया दिएँ भने अपमान भएको महसुस गर्नुहुन्छ होला कि गर्नुहुन्नहोला ? उनीहरूले परिचय दिँदै गर्दा मैले पनि त्यस्तै भनेँ वा सोधेँ भने उनीहरूले के गर्नुहुन्छ होला ? केही यस्ता कुरा हामीसँग जोडिएका हुन्छन् जुन हामीले परिवर्तन गर्नै सक्दैनौं, त्यो मध्ये एउटा मेरो जन्मभूमि हो ।

एउटा व्यक्ति आफू बसिरहेको ठाउँ छाडेर अर्को ठाउँमा जाँदा कत्ति दबाव, तनाव, भय, चिन्ता र अप्ठ्याराबाट गुज्रिएर आएको हुन्छ। बिकट बस्तीको चेपांङ गाउँबाट आएको मान्छे यसै पनि सुगम ठाउँका मान्छेसँग डराइरहेको हुन्छौ । अझ त्यसमाथि हरेक मान्छेको जाति र भूगोलप्रतिको प्रतिक्रियाले उसलाई कमजोर बनाइरहेको हुन्छ । आफू जन्मेको ठाउँ जस्तोसुकै किन नहोस्, प्यारो लाग्छ,मलाई पनि प्यारो लाग्नु स्वभाविक नै ठान्दछु ।

जन्मेको ठाउँमा मेरी आमाको प्रसव पीडा मिसिएको अनुभूति गर्छु त्यसैले पनि अझ आफू जन्मेको ठाउँ नजिकको लाग्छ। त्यही ठाउँको नाम आफ्नो परिचयमा मिसाउँदा कसैले नाक खुम्च्यायो, निधार खुम्च्यायो हेय भाव दर्सायो भने आफ्नै आमालाई गिज्याए जस्तो लाग्नु अस्वभाविक हो र ? एउटै जिल्ला गाउभित्रको भूगोलका मान्छेलाई स्वीकार्न यति गाह्रो हुन्छ हो ? स्वीकार्नु भनेको सम्मान गर्नु हो,प्रेम गर्नु हो,विश्वास गर्नु पनि होला नि ? मलाई मात्रै महसुस भएको मात्र त पक्कै होइन होला।

होइन भने विकट ठाउँबाट सुगममा आएकालाई त यो प्रश्नले कहिले नछाडेको हुन सक्छ । म जन्मेको ठाउँको भाषा अनि मान्दै आएको संस्कृति र पहिरिँदै आएको भेषलाई स्वीकार गरिरहेको छु जस्तो लाग्छ। मेरो जन्मभूमि बाहेक यो देश,प्रदेश र पालिका भित्रको अरू ठाउँ मेरो होइन कि जस्तो लाग्छ। स्थान जात लिङ्गका आधारमा हुने यस्ता अत्यन्त गम्भीर र संवेदनशील विषयलाई एकदमै हलुका र सतही बनाउनु पनि एक प्रकारको सामाजिक हिँसा रुम हो जस्तो लाग्ने रहेछ अहिले म अनुभूति गरिरहेको छु यो लैगिक हिंसा विरुद्धको १६ दिने अभियन २०७९’ यस्ता अत्यन्त गम्भीर र संवेदनशील एक प्रकारको सामाजिक हिँसालाई निर्मुल गर्न सफल बर्ष बन्न सकोस् ।

लक्षित बर्गको समेत सहभागितामा हरेक बिद्यालय, समुदाय वडा तथा पालिका तहमा प्रभावकारी रणनीति,कार्यनीतिका साथ योजनाहरु निमार्ण गरी कार्यान्वयन गर्न पनि सभ्य समाजको पहिचान हुन पर्दछ ।

दिगो किसिमका उत्पादंनमुलक क्षेत्रमा लगानी र संचेतनामूलक गतिविधिहरु संचालन गर्ने, समह तथा सहकारी सस्था मार्फत आर्थिक बिकासका लागि स्थानीय स्तरमा नै आय–आर्जनका गतिविधिहरुमा जोड दिने, रोजगारीका अवसरहरु प्रसस्त खुलाउने, सीपमूलक र क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु लागु गर्ने, आधारभूत शिक्षा, सार्बजनिक सेवामा पहुँच सुनिश्चि गर्ने, नीति–नियम कार्यान्वयन तथा कानुनी संचेतना जस्ता यावत विषयहरुलाई सम्बोधन सामाजिक सचेतना गर्न सभ्य समाजको पहिचान हुनु जरुरी हुन्छ, लैगिक हिंसा रहित समाज बनाउन सभ्य समाज एक मुख्य कडी हो र हुनुपर्छ ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियनको यस बर्षको नारा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ सार्थक र समय सापेक्ष छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ७ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २0 घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २0 घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २१ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २१ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २१ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution