Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सर्टिफिकेट नै अभिशाप !

  • बागमती कलम
  • ११२२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन २९, सोमबार (३ साल अघि)
सर्टिफिकेट नै अभिशाप !

शरण रेग्मी
धादिङ,२९ फागुन।
ऊ अत्याधिक खुशी थियो । त्यो अथक प्रयासको परिणाम नै थियो । स्नाकोत्तर तहको परिक्षामा प्रथम श्रेणीमा ऊ पास भएको थियो । हातमा भएको प्रथम श्रेणीको सर्टिफिकेट ऊ मिनेट मिनेट बिराई हेरिहरन्थ्यो र हल्का मुस्कान छोडिरहन्थ्यो ।

सर्टिफिकेट लिएर निस्कँदा उसको अनुहारमा करोडौँका दिपहरु बलिरहेको भान हुन्थ्यो । आफ्ना बुबा– आमा, प्रेमिकालाई सर्टिफिकेट देखाउन ऊ आतुर थियो । बाटोमा एक्लै कुरा गर्दै हिँडिरहेको थियो मानौँ ऊ अर्कै संसारमा छ ।

सर्टिफिकेट हातमा लिई ऊ घरको बाटो ततायो । पानी परिरहेको थियो तर ऊ बाटोमा कयौँ पटक लड्दैपड्दै ७ घण्टा पछि घरको गल्लीमा पुग्यो । गल्लीमा कोइली चरी कुहुकुहु गर्दै कराइरहेकी थिई ।मनमनै जवाफ दिदैँ ऊ भन्दै थियो –“ म अभागीलाई चिनीनस् ? म त डिग्री पास गर्ने कालु हो क्या” अब त म क्याम्पस पढाउने हो अन्त ! अनि …………………”

कालु घरमा पुग्यो । खरले छाएको घर, प्रायः घरभित्रका सबै ठाउँहरुमा सिमसिम पानी परिरहेको जस्तो थियो । पानीले ओछ्यान निथु्रक भिजेको थियो । बाबु–आमा ठूलो आवाज निकाली खोकिरहेको उसले सुन्यो । दुबैजना फोक्सोको बिरामी, बाबु–आमाको सेवा गर्दै दिलकी राजकुमारी सञ्चै भएतापनि मानसिक तनावमा थिइ ।

छोराको सफलताले ती आँखा कम देख्ने र कान कम सुन्ने बुढाबुढीमा ठूलो आशा पलायो । घरमा ठूलो खुशीयाली छायो । खुशी पनि किन नहोस् र ? आफूसँग भएको सम्पूर्ण जमिन बेचेर एक मात्र मुटुको टुक्रालाई पढाएका थिए उनीहरुले ।

आफ्नो आयु समेत थाहा नभएका ति बुढाबुढीहरु खोले र फाँडो खाएर पनि एक कर्मठ छोरो बनाएर गौरब गर्छन् । हुन त बुढीले सन्तान पनि ८ वटा जन्माएकी थिइन् । डोका बोकी–बोकी शहरमा उपचार गराएर नै कालुलाई बचाएका थिए ।

घरमा सम्पत्तिको नाउँमा करेशाबारी र केही फलफूलका बोटहरु थिए । फलफूलका रुखहरु पनि बुढाबुढीको जस्तै अवस्थाका थिए । गाउँमा २ दिन बिताएर कालु सबैको हाई–हाई भयो ।

धेरै व्यक्तिहरु अनपढ रहेका त्यस गाउँमा ऊ नै स्नाकोत्तर उत्र्तिण गर्ने प्रथम व्यक्ति थियो । कापीलाई पानीमा पकाएर पुनःलेख्ने कापी बनाई–बनाई पढेको । पुस्तक किन्न नसक्दा साथीहरुसँग मागेर भएपनि संघर्ष गरेको कालुले आज यस्तो सफलता पाइरहेको छ । जीवनको हन्डर र ठक्कर त कति खायो कति ! गाउँमा बसेर उन्नती नहुने, अझ जिवन धान्न नसक्ने भएपछि उसले शहर जाने योजना बनायो ।

हुनसक्छ जागिर खोज्न । आमा ! ए आमा ! बुबा ! ए बुबा ! कालु बोलाउँछ । तर त्यो जीर्ण शरीरले ्कालुको आवाज सुन्दैनन् । कोठामा गएर बुबा आमासँग बिदावारी भएर श्रीमती कहाँ जान्छ । श्रीमतीको अघिसम्म धपक्क बलेको र शीतले नुहाएको फुलजस्तो रुप अहिले आँशुले भरिएर कुरुप बन्छ । तैपनि मनलाई सम्हालेर उनीले आफ्ना भगवानलाई सुख शान्ती आउने आशामा बिदा दिन्छिन् ।

कालु शहर पुग्छ । अपशोच ! ऊ प्रत्येक कार्यालय, प्रत्येक प्राइभेट अफिसबाट फ्याकिदैँ थियो । घुसखोरी भ्रष्टाचारले कलंकित हाकिमहरले त्यस्तो इमान्दार र असल व्यक्तिहरुलाई कसरी छान्न सक्थे र ? जागीर खान त राम्रो र सक्षम व्यक्ति होइन हाम्रो व्यक्ति पो हुनुपर्छ । बिचरा कालुले कसलाई चिन्न सक्थ्यो र त्यो शहरमा !

श्रीमतीको कचकच, बाबुआमाको त्यो हालत र बेरोजगारको समस्याले ऊ पागल जस्तै भयो । ऊ कहिले खाँडी मुलुक जाने सपना देख्छ, कहिले लेखक बन्ने सपना देख्छ । सबै कार्य गर्न त पैसा नै अगाडी चाहिन्छ र सर्टिफिकेट राखेर पैसा निकाल्न मिल्ने भए उसले सर्टिफिकेट राखेर पैसा निकाल्थ्यो र राम्रो काम तर्फ अग्रसर हुन्थ्यो होला । सारा सपना हावाले उडायो ।

ऊ अहिले यो गीत गाएर बस्छ । उडायो सपना सबै हुरीले …………….।

बसन्तपुरको डबलीमा बसी दिन गुजार्न थाल्यो । पसिनाले निथु्रक्क भिजेको, नशाहरु सर्प जस्तै फुलाएर एउटा ७५ वर्ष उमेर जतिको व्यक्ति रिक्सा चलाउँदै थियो । त्यस व्यक्तिको संघर्षले उसले कामलाई घृणा गर्न छोड्यो ।

उदास, कष्ट र पिडाले भरिएको अनुहारले ईश्वरलाई धिक्कार्दै माला बेच्ने सोच बनायो । बिहान सामान बोकेर बसन्तपुर डबलीमा पु¥याउने र मालाहरु बेच्ने कार्यहरु उसले पायो ।

खाजापानीमा पनि कटौती गर्दै आफ्नो कमाई जम्मा पार्दै थियो ऊ । उता बुबा–आमा र श्रीमतीलाई दिने प्रबल इच्छा राखी दिनचर्या बिताइरहेको थियो । त्यसैबिच आकाशमा कालो बादल मडारिएको थियो । पानी पर्न ठिक्क अवस्थामा छ । कालुलाई एकजना गाउँको दाजु पर्नेले बोलायो र भन्यो– “बाबु तिमी जसरी भएपनि घर जाउ रे, तिम्रो बुबाले बोलाउनुभएको छ ।”

मनमा विभिन्न सोचाईहरु आउन थाल्यो । तैपनि साहस बटुलेर ऊ गाउँतिर पाइला चाल्न थाल्यो । ७ घण्टाको हिडाईपछि ऊ करिब रातको १ बजे गाउँ पुग्यो । उसको झोला भरी सामानहरु थियो । जसमा प्यारी श्रीमतीलाई नयाँ साडी, बाबु आमालाई ल्याईदिएको फलफूल थियो । ऊ घर नजिक पुग्दा आफन्तहरु र गाउँलेहरु रोइरहेका थिए ।

बाटैभरी व्यक्तिहरु कठैबरा भनिरहेका थिएँ । सारा गाउँ स्तम्ध थियो । उसका सारा उमंगहरु घरमा पुगेपछि हरायो । घरभित्र बुढा बाबु आमा जिवनका अन्तिम सेकेण्डहरु पर्खिरहेका थिए भने उता प्यारी श्रीमती घाँस काट्न जाँदा भिरबाट चिप्लेर लडी प्राण त्याग गरिन् रे । उनीको लास मोठमा राखिएको थियो ।
लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%१%१%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १२ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution