

धादिङ,१७ श्रावण।
धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ।
थप २६ जना पुरुष र ३२ जना महिला गरी ५८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४९ जना, ज्वालामुखीका ३ जना, सिद्धलेक, रुवीभ्याली, गँगाजमुना, नेत्रावती डबजोङ, खनियाबास र त्रिपुरासुन्दरीका १/१ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ६६५ पुगेको छ।जसमा पुरुष ३५४, महिला ३११ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये ६०४ जना निलकण्ठका मात्रै छन् ।
साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ। डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।
ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ । डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।
नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |