धादिङ । सिद्धलेक गाउँपालिका वडा नं २ ठाँटी भञ्ज्याङमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ६६ औं वार्षिकोत्सव मनाएकोे छ ।
मंगलवार विद्यालय प्राङगणमा विभिन्न व्यक्तिहरुलाई सम्मानसँगै विभिन्न साँस्कृतिक कार्यक्रम, नाटक, नृत्य तथा गायन प्रस्तुत गरी केक काटेर विद्यालयको ६६ औं वार्षिकोत्सव तथा ४३ औँ अभिभावक दिवस मनाईएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू, विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सिद्धेश्वर विद्यालयमा अध्ययन गरेर हाल नेपाल सरकारका सह सचिव नारायणप्रसाद भट्ट, त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका डिन डा. ठाकुर सिलवाल, सरस्वती वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष एवम् रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान धादिङका उपाध्यक्ष एवम् लोक दोहारी गायिका विन्दा परियार, लोक दोहारी गायिका भावना अर्याल,डाक्टर प्रविण सिलवाल, डाक्टर निरज श्रेष्ठ,इञ्जिनीयर ईश्वर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका सदस्य अनिल नेपाली, बिनोद तमु लगायतलाई सम्मान गरिएको विद्यालयका शिक्षक दिपक अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीहरूको प्रगति तथा आगामी योजनाहरूको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका सहित सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष गेहेन्द्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हरिबहादुर सिलवालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षमा प्राप्त सफलता, विद्यार्थीहरूको शैक्षिक उपलब्धि तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारबारे जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक कार्यक्रम, नाटक, नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्लले सबै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको निरन्तर प्रगतिको लागि सकृय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
थप तस्विरहरु तलको लिंकमा हेर्नुहोस्
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |