

धादिङ । धादिङको रुवीभ्याली गाउँपालिका-४ बोराङका सुक बहादुर तामाङका हत्या प्रकरणमा संलग्न एक जना पक्राउ परेका छन् ।
१२ गते शुक्रबार बिहान ५ः३५ बजेको समयमा धादिङबेशी स्थित नीलकण्ठ नगरपालिका वडा नं.४ रायटार प्लटिङको सडक किनारामा मृत अवस्थामा फेला परेका बोराङका ५० वर्षीय तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा गजुरी गाउँपालिका वडा नं. ५ न्यौपाने गाउँ घर भई हाल नीलकण्ठ-४ रायटार वस्ने वर्ष २० को सुमन सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुबास हमालले जानकारी दिनुभयो ।
घटना अनुसन्धानको शिलशिलामा प्रहरी अधिकृतको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा सुनारले कुटपिट गरी हत्या गरेकोे खुल्न आएकाले १३ गते शुक्रबार नै पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
पक्राउ परेका सुनारलाई १४ गते आईतबार धादिङ अदालतबाट ज्यान सम्बन्धी कसुरमा पहिलो पटक ६ दिनको म्यादथप गरी अनुसन्धान भईरहेको हमालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |