

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीमा भतिजले आफ्नै काकामाथि खुकुरी प्रहार गरेका छन्।
विहिबार दिउँसो १ बजे ६० वर्षिय भतिज बाबुकाजी लम्सालले ८८ वर्षिय काका जगन्नाथ लम्सालमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो।
खुकुरी प्रहारबाट घाईते लम्सालको अनुहार र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारको लागि नेपाल आर्मीको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाण्डौं पठाईएको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार वृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते वृद्धको आफ्नै दाईको छोरा हुन् ।
उनि यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको वृद्धले नै काजक्रिया गर्दै आएका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।
खुकुरी प्रहार गर्ने बाबुकाजीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् भिडियो………………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |