

धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नक्कली नोट सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् ।
गए राति प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट फेला पारी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |