Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ३, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खोज तथा अनुसन्धान
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

१७ घण्टा अघि
२

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

२ दिन अघि
३

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

२ दिन अघि
४

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

२ दिन अघि
५

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

२ दिन अघि
६

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

२ दिन अघि
७

किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण

३ दिन अघि
८

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

४ दिन अघि
९

नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति

५ दिन अघि
१०

धादिङका निशान ढुङ्गाना लागूऔषध ट्रामाडोलसहित पक्राउ

५ दिन अघि
११

पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था

५ दिन अघि
१२

निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश

५ दिन अघि

धेरै पढिएका

१

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

४ हफ्ता अघि
२

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
३

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
४

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

४ हफ्ता अघि
५

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१ हफ्ता अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

४ हफ्ता अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

२ हफ्ता अघि
१०

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

४ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

६ दिन अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

२ हफ्ता अघि

बेपत्ता गाडी अझै भेटिएन

  • Default Profile
  • बागमती कलम
  • ५७३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार (१ साल अघि)
बेपत्ता गाडी अझै भेटिएन

हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् ।

गत शुक्रवार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो । यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ ।

मङ्गलवार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो । टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणि खनालसहित चार जना विशेषज्ञ समावेश छन् । उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन् ।

अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ । म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो । प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भौगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए ।

भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भौगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ । जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भौगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ ।

त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ । वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ” शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ । यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ ।

गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो । उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ । म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ । त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ ।

उक्त परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै ८ मिटर गहिराइसम्म गयो भने बाँकी दुई स्थानमा मात्र करिब ६ मिटरसम्म धस्न सकेको थियो । यसले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट सङ्केत गरेको छ । यद्यपि, भूगर्भविद्हरूले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन् । उनीहरूले गाडीका पाटपूर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका छन् ।

गाडी हराएको स्थानको थप परीक्षण बुधवार बिहानदेखि पुनः सुरु गरिएको छ । पावर अगर विधिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिने छ । साथै, त्यस क्षेत्रको माटोको नमूना संकलन गरी भूमिगत जलको अवस्थितिबारे समेत अध्ययन गरिने तयारी छ। अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ ।

गत शुक्रवार भएको घटनामा, गाडी घाँस काट्ने मेसिन लोड गरेर गैरीगाउँ पुगेको थियो । उक्त गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेका बेला अचानक सम्पूर्ण गाडी जमिनमा भासिएर बेपत्ता भएको थियो । लगातार तीन दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेट्टाउन नसकिएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो ।

घटनाले हेटौँडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोटसम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेको अध्ययनले उक्त स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा कसरी त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशामा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ ।

गाडीको वास्तविक अवस्था, त्यसको स्थान, र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खोज तथा अनुसन्धान सम्बन्धि थप
  • rabindra-mishra

    रविन्द्र मिश्रद्धारा पार्टी परित्यागको घोषणा

  • Manaslu1

    हिमपहिरामा परेका चार जनाको उद्धार, दुईलाई उपचारका लागि काठमाडौं पठाइयो

  • sandeep

    सन्दीप लामिछानेविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी

  • khasi_bazar

    काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने

  • समाचार
  • १

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    १७ घण्टा अघि

  • २

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    २ दिन अघि

  • ३

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    २ दिन अघि

  • ४

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    २ दिन अघि

  • ५

    देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी
    २ दिन अघि

  • ६

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै
    २ दिन अघि

  • ७

    किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण
    ३ दिन अघि

  • ८

    एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान
    ४ दिन अघि

  • ९

    नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति
    ५ दिन अघि

  • १०

    धादिङका निशान ढुङ्गाना लागूऔषध ट्रामाडोलसहित पक्राउ
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution