धादिङ । भोलिदेखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ।
भोलिदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षामा धादिङमा सामुदायिक र संस्थागत विद्यालय गरी ५ हजार ४ सय ७५ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रशासकीय प्रमुख भुमीलाल शर्मा सुवेदीले जानकारी दिनुभयो।
सुवेदीका अनुसार धादिङको १ सय ३४ सामुदायिक विद्यालय र २० संस्थागत विद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना विद्यार्थी सहभागी हुनेछन्।
जिल्लाभर २४ परीक्षा केन्द्रमा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक,३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी गरी जिल्लाभर ८ सय ७५ जना जनशक्ती प्रत्यक्ष परिचालन गरिने प्रशासकीय प्रमुख सुवेदीले बताउनुभयो।
परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका केन्द्रहरूमा पु¥याइसकिएको र प्रश्नपत्रहरू परीक्षा केन्द्र नजिकै रहेका प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको बताउनुभयो।
परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन हुने उहाँको भनाई छ।
यसवर्षको परीक्षामा देशभर पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ।
परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन्।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । परीक्षा बिहान ८ देखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
एसईई परीक्षामा धादिङमा यस वर्ष कुन विद्यालयबाट कति जना सहभागी हुँदै छन् ? हेर्नुहोस् सुचि
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |