

ऐसेलु । नुवाकोटको किस्पाङ गाउँपालिकाले बिद्यार्थीहरुलाई बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बुधबार गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।
बिहिबार सम्पन्न भएको कार्यक्रममा किस्पाङ गाउँपालिका वडा नं ३ मा अवस्थित ऐसेलु भुमे माविका २४५ जना किशोर किशोरी र पञ्चालिङे माविका ६७ जना किशो किशोरीहरु सहभागी थिए ।

दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधानहरुको बारेमा बालबालिका तथा बाल अधिकार सम्बन्धी बिषय बिज्ञ दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

यसैगरी अनुशिक्षणमा बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, बाल विवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु, कानुनी सजायको व्यवस्था, बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक एवम बाल अधिकार सम्बन्धी बिज्ञ दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा किस्पाङ गाउँपालिका महिला तथा बालबालिका शाखाका मोतिमाया तामाङ ,कार्नेट नेपालका परियोजना अधिकृत रमेश तामाङ, गणेश तामाङ, प्रहरी चौकी प्रमुख, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको रमेश तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने, अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका काउले नुवकोटबाट रमेश तामाङले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |