

नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ ।
गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक तारका गुजुल्टा तथा जथाभाबी झुन्ड्याइएका उपकरणहरू हटाउन भनेको हो । तर निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको र तारहरू जस्ताको त्यस्तै रहेको भन्दै विद्युत् प्राधिकरणले आज आइतवार पुनः सूचना निकालेर ताकेता गरेको हो ।
तोकिएको समयमा अव्यवस्थित तार नहटाएमा प्राधिकरण आफैँले हटाइदिने र त्यसबाट सेवा बन्द हुन पुगेमा त्यसको जिम्मेवार सेवा प्रदायक नै हुने सूचनामा उल्लेख छ ।
गएको कात्तिक १५ गते विद्युत् प्राधिकरणले निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायकले सिंहदरबार र पुतलीसडक वरपरका अव्यवस्थित तार हटाउन थालेका थिए तर उनीहरूले यो कामलाई निरन्तरता दिएका छैनन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |