

बैतडीको पञ्चेश्वर गाउँपालिका- ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको प्रहरीले जनाएको छ ।
भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकानरी दिए ।
मायाको हत्या गरिसकेपछि मायाँसँगै रहेकी नेहाले घटनाबारे अन्यलाई जानकारी गराउने डरले उनले नेहाको पनि हत्या प्रयास गरेर घाँटीमा छुरा प्रहार गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्दा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |