

प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका–४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना अधिकृतले बताए ।
उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी–प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका हुन् । प्रेमिकासँग विवाद भएपछि आएको दुई जना केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले दाबी गरेका छन् ।
आरोपी ३ जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । संसार घर्तिमगरको अवस्था अज्ञात छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |