Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ३, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

२ घण्टा अघि
२

गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

१ दिन अघि
३

राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

१ दिन अघि
४

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

१ दिन अघि
५

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता

२ दिन अघि
६

धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ

२ दिन अघि
७

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

३ दिन अघि
८

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

३ दिन अघि
९

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ दिन अघि
१०

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

३ दिन अघि
११

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

३ दिन अघि
१२

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

३ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ दिन अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

५ दिन अघि
९

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

दोधारा-चाँदनी सुक्खा बन्दरगाह : स्थानीयलाई रोजगारीको आशा

  • Default Profile
  • बागमती कलम
  • ३२२ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २५, आईतबार (३ साल अघि)
दोधारा-चाँदनी सुक्खा बन्दरगाह : स्थानीयलाई रोजगारीको आशा

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो  । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उनलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन फँडानी गरेर बस्ती बसेको थियो”, विगत सम्झिँदै पन्तले भने, “अहिले बस्तीमा आठ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ला बन्ने सोच्न पनि सकेका थिएनौँ ।”

महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको छ ।  “पहिले बाढी र महेन्द्रनगर जाने स्थलमार्ग नहुँदा यहाँ प्रतिकट्ठा जमिन रु दुई÷तीन लाखमा बिक्री हुन पनि समस्या थियो”, उनले भने, “सुक्खा बन्दरगाह बन्ने भएपछि अहिले रु ८० लाखमा प्रतिकट्ठा जमिन बिक्री भइसक्यो ।”

पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा रु ४० लाख मुआब्जा रकम पाउनुभएका पन्तले पछिल्लो विकासले दोधारा चाँदनीको स्वरुप परिर्वतन भएको बताए । “विगतमा आफ्नै मुलुक जान पनि भारतीय बाटो वनबासा पुल तरेर जानुपर्ने अवस्था थियो”, उनले भने, “झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको दोधाराचाँदनीमा अहिले त पक्की पुल र सुक्खा बन्दरगाह बन्ने खबरले सबै  खुसी छन् ।”

कुनै बेला भौगोलिक रुपले विकट मानिए पनि पछिल्लो समय यहाँ त्रिदेशीय नाका बनाउने दलीय एजेन्डाका कारण पनि दोधारा चाँदनीको चहलपहल बढिरहेको छ । कुल २६ हजार मतदाता रहेको दोधारा चाँदनीका प्रायः हरेक खोला नालामा पक्की पुल, सडक पूर्वाधार निर्माण भइरहेका छन् ।

“विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएका छन्”, पन्तले भने, “सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा छ । किनभने कामकै लागि अहिले दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतको विभिन्न सहर धाउनु परेको छ । ”

पछिल्लो समय उक्त नगरपालिका–१ मा रहेको गौरीशङ्कर मध्यवर्ती र मायापुरी सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरिएसँगै प्रक्रियासमेत अघि बढेको अवस्था छ । त्यस कार्यका लागि वर्तमान सरकारले चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाउन रु एक अर्ब बजेट पनि विनियोजन गरेको छ ।

यहाँको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री रमेश लेखकले चुनाव जितेसँगै दोधारा चाँदनीको सुक्खा बन्दरगाहको शिलान्यास एक वर्षभित्रै हुने जिकिर गरे । गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रमा करिब २८० बिघा जमिनमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय र रेल्वे प्लेटफर्मलगायत संरचना बनाइने प्रस्ताव छ ।

त्यसैगरी वडा नं १ का गजिराम महरले पनि सुख्खा बन्दरगाह बनेपछि आफूहरूले मजदुरीका लागि भारत जानुपर्ने वाध्यता हट्नेमा आशावादी रहेको बताए । “सरकारको सक्रियता हेर्दा समयमै सुक्खा बन्दरगाह निर्माण सुरु हुनेमा ढुक्क छौँ”, उनले भने, “सुक्खा बन्दरगाह बनेपछि भारतबाट आउने वन्यजन्तुको त्रासदी पनि कम हुने भयो ।” सो क्षेत्रमा लामो समयदेखि जङ्गली हात्तीले नोक्सान गर्दै आएको थियो ।

गजिरामले घरायसी किनमेलदेखि मजदुरीसम्मका लागि स्थानीयहरु भारत जानुपर्ने वाध्यता रहेको बताए । “विगतमा त कारोबार पनि भारु मै हुन्थ्यो”, उनले भने, “अहिले दोधाराचाँदनीले विकासमा छलाङ नै मारेको छभन्दा अन्यथा हुँदैन ।”

यसअघि दोधारा चाँदनीकै कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको पहल गरिए पनि स्थानीयको विरोधपछि सो योजना मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा आइपुगेको हो । यहाँ पनि प्रस्तावित क्षेत्र वरपर लामो समयदेखि ऐलानी जग्गामा बसोबास गरिरहेका बासिन्दाले उचित पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

“सुक्खा बन्दरगाह बन्नुपर्छ यहाँको विकास हुनुपर्छ भन्नेमा हामी शतप्रतिशत छौँ”, स्थानीयवासी करनबहादुर चन्दले भने– , “कति हाम्रो बस्ती पनि सुक्खा बन्दरगाहमा परिहाले जग्गाको मुआब्जा मिलोस् भन्ने चाहना हो ।”
उनले पनि सुक्खा बन्दरगाहमा स्थानीय वासिन्दालाई रोजगारीका क्रममा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “सामुदायिक वन क्षेत्र छेउमा लामो समयदेखि १४÷१५ परिवार ऐलानी जग्गा भोगचलन गरेर बसेका छौँ”, चन्दले भने, “हामीलाई कतै पुनःस्थापना नगरी हटाउछन् कि भन्ने चिन्ता मात्रै हो ।”

विसं २०६४ मा पहिलो पटक सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । प्रक्रियागत कारणले लामो समयदेखि निर्माणमा ढिलाइ हुँदै आएपछि पछिल्लो समय प्रस्तावित क्षेत्रमा प्राविधिकरुपमा काम अघि बढाइएको छ ।

स्थानीयका अनुसार केन्द्रबाट खटाइएको प्राविधिक टोलीले यहाँको सामुदायिक वनमा रुख कटानका लागि छपान कार्यसमेत गरिसकेका छन्। सरकारले नेपाल, भारत र चीनसँगै त्रिदेशीय व्यापारका लागि सुक्खा बन्दरगाह, महाकाली करिडोरमार्फत् चीनसँगै छोटो दूरीको ‘कनेक्टिभिटी’ खोजेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि त्रिदेशीय नाकाको मुद्दा प्रमुख पार्टीको प्रमुख एजेण्डा नै बनेको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले प्रस्तावित सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन बनाएर वन तथा वातावरण मन्त्रालय पठाएको बताए । “हाम्रो तर्फबाट इआइएको काम सकेर प्रक्रिया अघि बढाउन वन मन्त्रालय पठाएका छौँ”, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • received_2913100439032447

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

  • garmi

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

  • 720327927_1288379229720595_5313428411432585963_n

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

  • banduk-pakrau

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • समाचार
  • १

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी
    २ घण्टा अघि

  • २

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे
    १ दिन अघि

  • ३

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने
    १ दिन अघि

  • ४

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ५

    राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता
    २ दिन अघि

  • ६

    धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ
    २ दिन अघि

  • ७

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    ३ दिन अघि

  • ८

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    ३ दिन अघि

  • ९

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    ३ दिन अघि

  • १०

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution