












अपाङ्ग संरक्षण समाज लमजुङले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गरिदिन माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, लमजुङमा प्रमुख जिल्ला अधिकारी समक्ष अपाङ्गताका सबाल सम्बोधन गरि कार्यान्वयन गरिदिने सम्बन्धमा भनि पेस गरिएको उक्त पत्रमा लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको संविधान २०७२ को भावना र मर्म अनुरुप अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८, अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत र सुविधाको दफा ३७.२ अनुसार सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट गराउनुपर्नेछ भन्ने प्राबधान हुँदा हुँदै पनि यातायात समिति प्रा.लि.मा गएको निहुँ बनाई भाडामा छुट नदिएको उल्लेख गरिएको छ ।
अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेल र सचिव सिताराम बसेलले उक्त पत्र प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई उक्त पत्र बुझाएका हुन् ।
अपाङ्गता भएका व्यक्तिलाई छुट माग्न सम्बन्धित् टिकट काउन्टरमा पुग्दा छुट नदिनु भनि प्रालिले पत्राचार गरेको हुँदा दिन मिल्दैन भनि दुर्व्यवहार गर्ने गरेको, आरक्षण सिटको पनि व्यवस्था नगरेको, टिकट काउन्टरमा जाँदा पनि गाडिमा गएर बस्नुस भन्ने जस्ता व्यवहार गरेको गुनासो आएको समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |