












राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९ प्रतिशत), शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६ प्रतिशत ) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन् ।
“केन्द्रमा मात्र सहज पहँुच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुनसक्छ”, आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो, “आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौँ ।”
कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |