

धादिङ,१२ असार ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो ग.१ ख ८५७४ नम्बरको बसले बा.प्र.०२–०३४ प १२४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी ४८ वर्षीया मेनुका ईटनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |