

अरिङ्गालले टोकेर जाजरकोटमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए।
घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाईएको र डाक्टरले शनिवार साढे ६ बजे मृत घोषणा गरेको डिएसपी पाण्डेले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |