

बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ । शनिबार भएको खलेमा नेपाल पाकिस्ताविरुद्ध ३.५–०.५ ले विजयी भएको हो ।
तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफुभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे ।त्यसैगरी दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।
प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।
तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |