

धादिङ,२९ फागुन ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ स्थित मैदीमा आजदेखि निशुल्क दन्त शिविर सुरु भएको छ ।
ज्वालामूखी गाउँपालिकाको आयोजनामा, हिमालयन हर्ट ट्रेकस एण्ड एक्सपिडिसन तथा भैरवी दन्तोकेयर धादिङवेशीको सहयोगमा मुख स्वास्थ्य प्रवद्धन गर्ने उद्धेश्यले मैदीको संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा आजदेखि ७ दिने निशुल्क दन्त शिविर सुरु भएको हो।
शिविरको पहिलो दिन आज ७४ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा किराले खाएको दाँत उखेल्ने, दाँत सफा गर्ने, साथै दाँतको समस्याको पूर्ण उपचार सहितको निःशुल्क सेवा प्रवाह गरिएकोे श्रेष्ठले बताउनुभयो ।आजदेखि सुरु भएको दन्त शिविर चैत्र ५ गतेसम्म संचालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |