

धादिङ,२६ जेठ ।
ज्वालामुखी गाउँपालिकामा उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम आजदेखी सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागि दोस्रो चरणको गाउँपालिका स्तरीय ३ दिवसीय उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम आजदेखि सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनाथ दनैले महिलाहरुलाई बोल्ने कलाको विकास गर्न, आफुमा भएको ज्ञान, सिप र क्षमतालाई मासमा प्रस्तुत गर्न, आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउन तथा व्यक्तित्व र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएकोे बताउनुभयो।
उहाँले तालिमबाट सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
अर्जुन अधिकारी र लक्ष्मी गीरीले सहजिकरण गर्नुभएको तालिममा गाउँपालिका भित्रका ४३ जना महिलाहरु सहभागी छन्। तालिम २८ गतेसम्म सञ्चालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |