

धादिङ,०१ असार।
धादिङको ज्वालामुखी गाउँपालिकामा प्रथम गाउँ पालिकास्तरिय शैक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर ४ स्थित बराह कालिका माध्यमिक बिद्यालयमा शैक्षिक मेला सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक बिद्यालयहरु सहभागी थिए ।मेलामा बिभिन्न बिषयको बिबिध सामग्री पर्दशन गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनभुएको छ ।उहाँले आगामी बर्षबाट अझै ब्यबस्थित तरिकाले अगाडी बढाउने भन्दै यस्ता कार्यक्रममा निरन्तर सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बराहकालिका माविका बिब्यसका अध्यक्ष बिनोदराज तिमिल्सिनाले यस शैक्षिक प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरुलाई एउटा अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।
प्रदर्शनीमा राखिएका शैक्षिक सामग्रीहरुको मुल्यांकनको आधारमा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुने बिध्यालयहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
साथै सहभागि सबै विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको छ । कार्यक्रममा बराह कालिका माविका बिब्यस अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दनैको प्रमुख आथित्य रहेको थियो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, लेखा अधिकृत बिदुर शर्मा नेपाल, विभिन्न वडाका वडाध्यक्षहरु लगायत शिक्षक, अभिभावकहरुको सहभागीता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |