

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख गरेको छ।
शुक्रबार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था छ। बाँकी भू–भागमा मुख्यतया सफा रहेकोछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |