

धादिङ।आजदेखी नेपाल संवत् ११४५ सुरु भएको छ। सो अवसरमा देशैभरका नेवार समुदायले बिविध कार्यक्रम गरी मनाईएका छन् ।
धादिङको सदरमुकाम धादिङबेशीमा पनि भिन्तुना र्यालीसहित विविध कार्यक्रम गरी मनाईएको छ ।
धादिङबेसि स्थित पुछारबजारबाट प्रभातफेरी गरी सिरान बजारसम्म पुगेर पुनः बिचबजार पुगी शुभकामना आदानप्रदान गरी समापन गरिएको थियो।
प्रभातफेरीमा धिमेबाजा, बाँसुरी नेवारी पहिरनले गर्दा धादिङबेसीमा रौनक नै छाएको थियो । बजारमा प्रभातफेरी क्षेत्रका नागरिकले घडा र राष्ट्रिय झन्डा राखेर स्वागत गरेका थिए ।
फूलको वर्षाले गर्दा बजार नै रंगिन भएको थियो।
प्रभातफेरीमा नेपाल सरकारका कृषि मन्त्री रामनाथ अधिकारी, प्रदेश सांसद गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा लगायतका सहभागिता थिए।
बिचबजारमा रहेको शंखधर शाख्वाको शालिकमा माल्यार्पण गरी कार्यक्रममा शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा धादिङबेशीमा उत्कृष्ट बनेको शितल बजार टोल सुधार समितिलाई सम्मान समेत गरिएको थियो।
नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ।
शंखधर साख्वाले विसं ९३७ ९(इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् शुरुवात गरेको बताइन्छ।
गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा नेपाल संवतको नयाँ वर्षका दिनतत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाएको घोषणा गरेका थिए।
यो पर्व नेवारी समुदायको बाहुल्य रहेको स्थानमा मनाइन्छ।
तस्विरहरु हेर्नुहोस्……..







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |