

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ।
बिहीबार वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि आयोजित बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट १५ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको हो ।

वडाध्यक्ष रामबाबु पराजुलीको अध्यक्षतामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविका लगायत सहभागी थिए।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन वडास्तरीय संरचना र ५१ सूचकहरूको विषयमा सहजीकरण गर्नु भएको थियो।

साथै बुधबार नै पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभज्याङमा बालमैत्री स्थानीय पालिका स्तरीय समितिको पहिलो बैठक सम्पन्न भएको छ।

तेजबहादुर तामाङको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, बालक्लब सञ्जालका प्रतिनिधिहरू, र गैरसरकारी संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


बैठकले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी कार्ययोजना पारित गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |