

म्यागङ । नुवाकोटको म्यागङ गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, बिषयगत शाखाका कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी जानकारी दिने तथा क्षमता विकास गर्ने र पालिका तहको बालमैत्री समिति गठन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रम पश्चात म्यागङ गाउँपालिका आशा तामाङको अध्यक्षतामा २७ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ।
बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू, बालमैत्री स्थानीय शासनका चरणहरु लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक एवम बालमैत्री स्थानीय शासन बिज्ञ दामोदर अर्यालले सहजीकरण गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङ,उपाध्यक्ष सिता तामाङ, प्रमुख प्रशासकीय अधिकृत देबकी सिम्खडा, लेखा अधिकृत बाबुलाल नेगी वडाहरु,सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु,बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायत सहभागी रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख फुलमाया खजुमले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |