

यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको र तीमध्ये झन्डै दुईतिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूले गएको जुनदेखि अगस्टसम्म युरोपका ८५४ शहरमा गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित घटनाका कारण ३२ हजार ६१९ जनाको ज्यान गएको छ।
अध्ययनमा युरोपको झन्डै ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका समाचार संस्था एपीले जनाएको छ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सकाका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ।
युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २।५ डिग्री सेल्सियस बढिसकेको छ। यस गर्मीयाममा केही शहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म धेरै पुगेको थियो।
गर्मीका कारण सबैभन्दा धेरै इटाली, फ्रान्स, स्पेन र जर्मनीका मानिसले ज्यान गुमाएका खबरमा उल्लेख छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |