

काठमाण्डौ । आजदेखि नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शुरु हुँदैछ ।
प्रतियोगिताको उदघाटन खेलमा गएको संस्करणका फाइनलका प्रतिष्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । आज बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।
तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाण्डौ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । क्यानका अनुसार यसपटक उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता शुरु हुन लागेसँगै नेपाली क्रिकेटप्रेमीको ध्यान कीर्तिपुरमा केन्द्रित छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता, विदेशी खेलाडीको सहभागिता, फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धा, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ।
आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित ‘स्टार’ खेलाडीहरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसैन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिङ्ह, शाहबजादा फरहान, जिमि निसन, डेविड वार्नर, केएस भरत, सचान अर्चग, आन्दे रसेल, एन्जेलो म्याथ्युज, चरित असलन्का, सुभम रन्जने, इफ्तिखार अहमद, रदर्फोर्ड, मेहन्दी हसन, फ्याबियन एलनजस्ता विदेशी खेलाडीको आगमन भएको छ।
एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |